Friday, September 25

दक्षिण अफ्रिकाको गरीब बस्तीमा आगो सरह फैलियो कोरोना

July 3, 2020 78

१९ असार । दक्षिण अफ्रिकाले लकडाउन खुकुलो बनाइरहेको छ । तर त्यहाँको गरीब बस्तीहरुमा भने अहिले पनि कोरोना भाइरसको संक्रमण आगो सरह फैलिरहेको छ ।
केप टाउनमा यस्तै शहरमा बसोबास गरिरहेका व्यक्ति र चिकित्सकहरूले बीबीसीका संवाददाता एन्ड्र्यू हार्डिंगसंग उनीहरूले कठिनाइहरूको सामना गरिरहेको बताएका छन् ।

रिक ग्रोमेर नामका एक डाक्टरले भनेका छन्, यहाँ भाइरस जंगलका आगो जस्तै फैलिरहेको छ । यस क्षेत्रका अस्पतालहरुले अवस्थालाई सम्हाल्न सक्षम हुने छैनन् ।

डाक्टरले अगाडि थपे, गम्भीर बिरामीहरूलाई अस्थायी स्वास्थ्य केन्द्रको एक ठाउँमा राखिएको छ जहाँ उनीहरूको मृत्यु निश्चित छ ।

नयाँदिल्ली : भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ ।

बिहीबार राति अविरल वर्षासँगै परेको चट्याङबाट २४ घण्टाको अवधिमा २२ जनाको मृत्यु भएको हो । अरु केही घाइते छन् । विपद् व्यवस्थापन विभागका अनुसार बिहारका विभिन्न जिल्लामा शुक्रबार बिहानसम्म चट्याङ पर्ने क्रम जारी थियो । गत हप्ता मात्रै बिहारमै चट्याङका कारण १ सय जनाको मृत्यु भएको थियो ।

यसको असर सबैभन्दा बढी बिहारको पटना क्षेत्रका विभिन्न जिल्लामा परेको छ । घटनापछि बिहारका मुख्यमन्त्री नितिश कुमारले भने मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपुर्तिको रुपमा दिने घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्