Friday, September 25

घरभाडा र बैंकको ब्याजमा छुट माग गर्दै प्रदर्शन

July 3, 2020 193

९ असार, काठमाडौं । विभिन्न माग राख्दै कोरोना पीडित संघर्ष समितिको नाममा शुक्रबार ललितपुरमा प्रदर्शन भएको छ ।

लकडाउन अवधिको घरभाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने, विद्यालय शुल्क, कर, कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सुकुम्बासी, विद्यार्थी र बेरोजगारलाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन् ।


सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्न, कालोबजारी गर्नेलाई कारबाही गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् । प्रदर्शनका सहभागीले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै विरोध जनाएका थिए ।

प्रतिकृया दिनुहोस्