Friday, September 18

२२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अन्त्य भएको थियो

July 3, 2020 147

अहिले संसार नै को*रोना भाइरसले त्रसित बनेको छ । संसारमा नै यो महामारीको रुपमा फैलिएको छ । तर को*रोन मात्र यस्तो महामारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो । को*रोना भाइरस महामारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछौ । जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले । मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने देवी’ का रूपमा पुजिने शितला माजूबारे हेमराज शाक्यको पुस्तक ‘श्री स्वयम्भू महाचैत्य’ मा पनि वर्णन छ ।काठमाडौंका नेवारलाई निष्कासित गरिएको तिथि भने यसमा अलि फरक परेको छ। उक्त घटना विक्रम सम्बत् १८५८ को जेठ–असार महिनातिर भएको उनले लेखेका छन् । उक्त महामारीका कारण तत्कालीन निरंकुस शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए । खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।यस्तो गर्नुको पछाडी के कारण रहको थियो त्येसको पनि हामी तपाइहरुलाइ वृतान्त सुनाउछौ ।

काठमाडौँ उपत्यका बाट खेदिएका नेवार त्यसपछि पूर्वतिर लागेका र भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकारहरुले बताउँछन् । यो विक्रम सम्बत् १८५४ को कुरा हो । त्यति बेला रणबहादुर शाहको शासन थियो । इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन् । कति पय इतिहासकारले उनीलाई कलाकारी राजाको पनि उपनाम दिएका छन् ।बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए। स्वर पनि मिठो थियो । सितार बजाउनमा सिद्धहस्त थिए । जीउडाल पातलो थियो । स्वास्थ्य प्रायः कमजोर रहन्थ्यो ।

यिनी बराबर बिरामी पर्थे । घोडा चढ्न डराउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे ।’बाबुराम आचार्यले उनलाई पशुप्रेमी राजा पनि भनेका छन् । पशुपन्छी पाल्न यिनलाई विशेष सोख थियो । न्यूरोडमा जहाँ अचेल नेपाल बैंकको प्रधान कार्यालय छ, त्यहाँ रणबहादुरको पालामा ठूलो पशुशाला थियो।त्यहि ठाउँमा गाई, घोडा, मृग, भेडा, बाख्रा, भैंसी, बँदेल, हाँस, कुखुरा लगायत विभिन्न पशुपन्छी पालिएका थिए, आचार्य वर्णन गर्छन्, ‘साँढे जुधाउनमा नवयुवक राजा रणबहादुर शाहलाई ठूलो सोख थियो ।’ उनीलाई साढे जुदाई सबै भन्दा रोचक लाग्थ्यो । एकचोटि पशुपतिनाथ दर्शन गर्न मिथिलातिरको एउटा ब्राह्मण परिवार काठमाडौं आएको थियो । ‘कान्तवती’ नामकी छोरी सँगै थिइन् ।

नवयौवना रुपवती ती विधवा ब्राह्मणीलाई देखेर नवयुवक रणबहादुर मोहित भएछन् । उनलाई ति बिधवा हदै सम्मको मन परेछ । लंकाका राजा रावणले मिथिलाकी सीता हरण गरेजस्तै रणबहादुरले पनि मिथिलाकी विधवा ब्राह्मणी कान्तवतीलाई बलपूर्वक आफ्नो राजभवनमा लगे । विवाहको प्रस्ताव राखे । तर कान्तवती मानिनन् । ‘म पतिव्रता विधवा ब्राह्मणी हुँ, पुनर्विवाह गर्नु अधर्म हुन्छ,’ उनी यसै भन्दै लगभग छ महिना अडिएर बसिन्।तर राजाको अगाडी उनको केहि चलेन । आखिरमा रणबहादुरको हठसामु लाचार हुँदै भनिन्, ‘म महाराजसँग विवाह गर्न तयार छु, तर मेरो एउटा सर्त छ।’उनले अगाडि भनिन्,

‘हजुरले मेरो कोखबाट जन्मिने छोरालाई गद्दीको उत्तराधिकारी बनाउँदै युवराज घोषित गर्नुपर्छ ।’ युवती र यौवनको अधिक मोहमा परेका राजाहरू कस्ता–कस्ता बाचा कबुल्न सक्छन् भन्ने त रामायणमा राजा दशरथ र महाभारतमा राजा शान्तनुको घटनाले पहिले नै छर्लंग परिसकेको छ । अयोध्याका राजा दशरथ रानी कैकेयीको मोहकै कारण रामजस्ता पुत्रलाई १४ वर्ष वनवास पठाउन तयार भए। हस्तिनापुरका राजा शान्तनुले पनि सत्यवतीको मायामा चुर्लुम्म डुबेर आफ्ना सुरवीर पुत्र भीष्मलाई गद्दीबाट विमुख पारिदिए । यस्तो घटनाको आर्को उदहारण बन्न पुगे राजा रणबहादुर ।

रणबहादुर पनि के कम थिए र ! उनी कान्तवतीको सर्त मान्न तयार भए।उता दरबारभित्र रणबहादुरकी जेठी महारानी राजराजेश्वरी र माइली रानी सुवर्णप्रभाबीच ‘सौतेनी’ कचकच चल्दै थियो । राजराजेश्वरीका तर्फबाट एउटी छोरी मात्र थिइन् भने रानी सुवर्णप्रभाका दुई छोरा थिए । दरबारको रीतअनुसार सुवर्णप्रभाका जेठा छोरा राजकुमार रणोद्योत शाह नै गद्दीका उत्तराधिकारी हुने तय थियो । यसले राजराजेश्वरी डाहले जलेर खरानी भइरहेकी थिइन् । यसबीच रणबहादुरकी कान्छी रानीका रूपमा कान्तवतीको प्रवेशपछि उनको मनमा सुवर्णप्रभालाई गिराउने आस पलायो । उनी पनि रणोद्योत शाहको सट्टा कान्तवतीबाट जन्मिने भावी छोरालाई नै युवराज बनाउने योजनामा लागिपरिन् ।

अब रणबहादुरका २ रानी एक तिर र जेठी रानी एकातिर भए । नभन्दै विक्रम सम्बत् १८५४ असार १९ गते रानी कान्तवतीले राजकुमार गिर्वाणयुद्ध विक्रम शाहलाई जन्म दिइन् । गिर्वाणको जन्मपछि काठमाडौं दरबारमा हर्षबढाइँ भयो । सुवर्णप्रभालाई छाडेर सबै खुसी थिए । राजराजेश्वरी र कान्तवतीको त खुसीको सीमै रहेन।उनीहरुको योजना सफलताको पहिलो कदम तिर लम्किसकेको थियो । छ महिनाभित्रै रणबहादुर शाहले आफ्नो बाचाअनुसार गिर्वाणयुद्धलाई ‘युवराज’ घोषित गरेर गद्दीका उत्तराधिकारी बनाए।सायद एउटा संयोग नै मान्नु पर्छ,त्यही बेला यस्तो घटना भयो, जसले काठमाडौंका जनताको जीवनमा उथलपुथल ल्यायो।यस्तो उथलपुथलकि उपत्यकामा कोलाहल मच्चियो ।

प्रतिकृया दिनुहोस्