Wednesday, October 21

साइकल यात्रीलाई किन सबैले हेप्छ नेपालमा ?

May 12, 2020 158

कोटेश्वरबाट सहायक बाटो हुँदै स्वयंभुसम्म पुग्दा सडकमा देखिएका दृश्यहरुले एकपटक आफैंलाई लज्जित बनायो । मुलुककै राजधानी शहरमा बालबालिकाहरु सडकमा नै फुटबल र क्रिकेट खेलिरहेका छन् । फुर्सदिलाहरु सडकमा नै टुल राखेर घाम तापिरहेका छन् । मोटरसाइकल सिक्नेको पनि यही सडक उपयुक्त ठाउँ हो । यो सडकले मात्रै कतिको आवश्यकता पूरा गरेको छ ?

आवास क्षेत्रमा सडककै वारपार गर्नेगरी कपडा सुकाउनेदेखि एकैछिन सुस्ताउनको लागि पनि यही सडक निर्विकल्प बनेको छ । के विभिन्न समयमा गरिएका यस्ता सडक बिस्तारहरु यसैको लागि हो ? भन्ने प्रश्न आफैंले आफैंलाई सोधेँ । तर, निरुत्तरित म आफैंसँग उत्तरको खोजी गर्दै लागेँ आफ्नो गन्तव्यतिर ।

यो लामो इतिहास बोकेको काठमाडौं शहर विकासको लागि हामी छोटो योजनामा रुमलिँदै आएका छौं । हामी विकास भनेको ठूला सडक र अग्ला घरलाई मान्ने मानसिकताबाट अझैपनि माथि उठ्न नसकेका हौं र ? भन्ने प्रश्न शहरी विकासमा भइरहेका कामहरु देख्दा सरोकारवाला निकायका मानिसहरुलाई सोध्न मन लाग्छ । शहरबासीको लागि बनाएका हाम्रा धेरै परियोजनाहरु शहरकै अधिकांश मानिसहरुको लागि प्रतिकूल हुने किसिमका छन् । त्यसैले पनि यो शहर आखिर कसको लागि निर्माण हुँदैछ ? भन्ने प्रश्न उब्जिएको छ ।

हामीले पछिल्लो २५ वर्षमा नै काठमाडौंलाई यति कुरुप बनाएका हौं भन्नेमा कसैको दुईमत नहोला । यही समयमा नै लाखौं सवारीहरुबाट कार्वन उत्सर्जन गरेर आफैंले लिने हावा दुषित गर्‍यौं । खाइनखाई जोगाएको पैसाले हामी आफ्नै लागि घातक हुने कार्वन उत्सर्जनका साधनहरु खरिद गर्ने गरेका छौं ।
कसैको लागि अनुकूल छैन यो शहर

यो शहर अहिले जिवित रहेका कुनै पुस्ताको लागि पनि हामीले अनुकूल बनाउन सकेनौं । सेवा निवृत्त हुने उमेर पुगेका हजुरबा/आमाको लागि यो शहरमा टहलिने ठाउँ छैन । छोरा-छोरी पुस्तालाई शहरमा यात्रा गर्नको लागि उपयुक्त बाटो छैन ।

वातावरणमैत्री सवारी चलाउनको लागि साइकल चढ्ने छोराहरु सुरक्षित रुपमा आफ्नै मार्गमा हिँड्न सक्दैनन् । इमान्दार भएर मोटरसाइकल चलाउनेहरु अर्काको कारण नै दुर्घटनामा पर्नुपर्छ ।

शनिबार विद्यालय बिदाभएपछि नाति पुस्ताको लागि खेल्ने चौर छैन । बालबालिकाको चञ्चलतालाई काठमाडौंको व्यस्त शहरले रोक्न सक्दैन । त्यसैले खुल्लम खुल्ला बच्चाहरु असुरक्षित रुपमा सडक कब्जा गरेर खेल्न बाध्य छन् । यसले सवारीमा यात्रा गर्ने र स्वयं सडकमा खेल्ने बच्चाहरु समेत असुरक्षित छन् ।

अब त चेत्ने बेला भएन र ?

विश्वका धेरै विकसित शहरमा सवारी प्रयोग गर्ने मान्छे नभएर प्रदूषण कम भएका होइनन् । विश्वको सबैभन्दा सफा शहरको सूचीभित्र पर्ने डेनमार्कको कोपनहेगन विश्वको सबैभन्दा धेरै साइकलमैत्री शहर मानिन्छ । त्यहाँ दैनिक ८ लाख ९४ हजार माइल साइकल यात्रीहरुले यात्रा गर्छन् । त्यहाँको मेयरको लागि नगरपालिकाले साइकल नै दिने गर्छ । त्यहाँ साइकल चढ्नेहरुलाई पेलेर हिँड्ने सवारी हुँदैनन् । साइकल चढेर त्यहाँ कसैलाई पनि सानो सम्झिने गरिएको छैन । त्यो शहर सफा र सुन्दर मात्रै नभएर व्यवस्थित शहरको रुपमा समेत चिनिएको छ ।
यस्ता धेरै शहरहरु छन् जुन साइकल सिटीको रुपमा विकास भएपछि झनै व्यवस्थित बनेका छन् । तर, हामीहरुले चक्रपथलाई बिस्तार गरेर त्यति ठूलो बनाउँदा पनि एउटा सानो साइकल लेनको आवश्यकता सम्झिएनौं । सरकारी ओहोदामा बसेका व्यक्तिहरु वातावरण मैत्री शहरी विकासको एजेण्डा बोकेर हिँड्नेहरुलाई दुस्मनीको भावले हेर्ने गर्छन् । अब युवाहरुले आफ्नो तर्फबाट नै वातावरण जोगाउने र शहरी विकासमा आफ्नो योगदानबारे बहस नगर्ने हो भने हामीले २५ वर्षमा बिगारेकोभन्दा धेरै कुरुप काठमाडौं केही वर्षमा नै बनाइदिन्छौं ।

पहिलो चरणको चक्रपथ बिस्तारबाट पाठ नसिकेका हामीहरुले दोस्रो चरणको बिस्तारको क्रममा झनै ठूलो गल्ती गर्न पुग्यौं । चक्रपथ बिस्तार जस्तो मुद्दामा डिजाइन स्पष्ट रुपमा देखाएर सरोकारवाला निकायसँग छलफल गरेरमात्रै काम सुरु गर्नुपर्ने हो । तर, नेपालको बाटोमा अरुले गरेको डिजाइन अनुसार सडक बनाउँदा त्यसले स्थानीयले आत्मीयता हाँसिल गर्न सक्दैन । दोस्रो चरण र पहिलो चरणको चक्रपथ बिस्तारको क्रममा समेत अन्धाधुन्दा रुख काट्न लागेको भनेर हामीले विरोध कार्यक्रम गर्दा हामीलाई नै विकास बिरोधीको बिल्ला भिराइयो । रुख काट्न नदिन हामीले स्वयंभु क्षेत्रमा रुखलाई अँगालो हालेर पनि बिरोध जनायौं ।

सडक बिस्तार कि व्यवस्थापन ?

शहरी विकासको एउटा आधारभुत आवश्यकता फराकिलो सडक पनि हो । तर, के सडक बिस्तारले मात्रै शहर व्यवस्थित हुन्छ त ? यातायात व्यवस्था विभागको तथ्यांक अनुसार २०५१ सालमा ७८ हजार सवारी दर्ता भएकोमा २० वर्ष पछि यो संख्या २०० प्रतिशत बढ्यो । २०७४ सालमा यातायात व्यवस्था विभागले तयार पारेको एक तथ्यांक अनुसार ९ लाख सवारी साधन दैनिक काठमाडौंमा गुड्ने गरेका थिए । यो संख्या वर्षेनी बढिरहेको छ ।

अब प्रश्न आउँछ । सडक बिस्तार गर्ने क्रममा व्यवस्थित नगर्ने र बिस्तार मात्रै गरिरहने हो भने अबको अर्काे ५ वर्षमा थपिने अनुमानित ५ लाख सवारीको लागि हामी फेरि सडक बिस्तार गर्न सक्छौं ? या त यसलाई व्यवस्थापन गरेर लैजानुपर्छ ?

फुटपाथमा नै वृक्षारोपण

प्रहरी प्रधान कार्यालय नक्सालको वरिपरी जाने हो भने त्यहाँ हामीलाई फुटपाथमा हिँड्ने बाटो हुँदैन । हामीलाई वृक्षारोपण गर्नुपर्छ भन्ने पाठ सिकाइयो । तर, यसको अर्थ बाटो नै बन्द हुनेगरी वृक्षारोपण गर्नुपर्छ भन्ने चाहिँ होइन । तर, ती ठाउँहरुमा गरिएको वृक्षारोपणले भने हामी अलिकति पनि जिम्मेवार बन्न नसकेको पुष्टि हुन्छ । चक्रपथ बिस्तार गर्ने बेलामा रुख रोप्न सकिने ठाउँमा नरोप्ने र साँघुरा सडकमा रुख रोप्नुले आवश्यकता र अनुकूलताको आधारमाभन्दापनि वृक्षारोपण गर्नुपर्ने दबाबको कारण देखावटी रुपमा रुख रोपिएको देखिन्छ ।
हरियाली शहरको अर्थ यो पनि होइन कि सडक नै अवरोध हुनेगरी वृक्षारोपण गरियोस् । तर, चक्रपथ बिस्तार जस्ता ठूला सडक निर्माणको क्रममा दायाँबायाँ गि्रनबेल्ट तयार पार्दा र डिजाइन गर्दा जतिसक्दो धेरै रुख रोप्न सकिने गरी गर्नुपर्ने थियो ।

शहरबासीकै प्रतिकूल प्ररियोजना

शहरबासीको लागि केवल सडकको यात्रामात्रै ठूलो कुरा होइन । त्यो विशाल सडकमा यात्रा गर्नको लागि पहिले शरीर स्वस्थ हुनुपर्छ । त्यो उचित पर्यावरणबाट मात्रै हुन्छ । तर, हामी पर्यावरणसँग नै दुश्मनी गरेर आफ्नै प्रतिकूल काम गर्दैछौं । साइकल संस्कृतिको विकास गर्नको लागि हामीहरुको साइकल चलाउने बाटो नै छैन ।

साइकल विकल्पको रुपमा अघि सर्न नसकेपछि सबैजना पेट्रोल-डिजेलबाट चल्ने सवारीमा आश्रति हुने गर्छाैं । यसैबाट सुरु हुन्छ कार्वन उत्सर्जन र वातावरण प्रदूषण । त्यसैले आजैदेखि वातावरण जोखाउने र व्यवस्थित शहर निर्माणको लागि किन आफैं नजाग्ने ?

प्रतिकृया दिनुहोस्