Wednesday, September 30

मंगल ग्रहले गर्यो राशि परिवर्तन: ४ राशिलाई बिशेष लाभ, ८ राशि होसियार!

July 2, 2020 185

ज्यो.सुरेश चन्द्र रिजाल, आषाढ १२ गते शुक्रबार देखि मंगल ग्रहले राशि परिवर्तन गर्दै देबगुरु बृहस्पतिकाे राशि मीनमा गाेचर गर्दै छन् । विशेषगरी ग्रहहरुकाे परिवर्तनले पृथ्वीमा प्रतक्ष प्रभाव पारिरहेको हुन्छ । पृथ्वीमा हुने परिवर्तनकाे मुख्य आधार भनेकै साैर्य परिवारमा रहेका ग्रहहरुकाे परिवर्तन कै कारणले गर्दा हाे । हरेक ग्रहमा छुट्टाछुट्टै तत्व हुनेभएकाले शास्त्रमा मंगल ग्रहलाई सेनाधिपतिका रुपमा परिभाषित गरिएको छ ।

ग्रहकाे नजिक गएकाे समयमा नकारात्मक गरङ्ग हरु पृथ्वीमा पर्दछ यसले हरेक क्षेत्र, व्यक्तिगत जीवनमा पनि फरक फरक प्रभाव ग्रह परिवर्तनले पृथ्वीमा भएका हरेक वस्तुलाई आफ्नाे तत्व अनुसार फरक फरक प्रभाव पर्ने गर्दछ समग्रमा यसले जड र चेतनामाथि प्रतक्ष प्रभाव पारिरहेकाे हुन्छ ।

सकारात्मक ग्रहकाे नजिक गएकाे अवस्थामा सकारात्मक तरङ्ग आउदछ भने नकारात्मक ग्रहकाे नजिक गएकाे समयमा नकारात्मक गरङ्ग हरु पृथ्वीमा पर्दछ यसले हरेक क्षेत्र, व्यक्तिगत जीवनमा पनि फरक फरक प्रभाव पार्दै जाने उल्लेख गरिएको छ । पुस १४ गतेदेखि मात्रै मंगलले पुन: राशिपरिवर्तन गर्दै आफ्नै राशि मेषमा गाेचर गर्नेछ ।

भदौ १७ गते मंगलग्रह रेवती नक्षत्रमा वक्री हुदा यसकाे प्रभाव केही नकारात्मक हुने संकेत देखिएकाे छ यस्ताे समयमा झैझगडामा वृद्धि, मेसिनरी सामानमा उच्च मुल्यवृद्धि सिमा वि वाद उच्च विन्दुमा पुग्ने छ भने सरकार परिवर्तनका विषयमा चर्काे बहस हुने छ । काेराेना बिस्तारै घट्ने क्रममा हुनेछ जनतालाई यसकाे भय निक्कै कमहुने देखिएकाे छ ।

मंगलकाे व्यालेन्स नमिलेको अवस्थामा मांगलिक याेग निर्माण हुने गर्दछ जुन याेगले विवाह अघि तथा विवाहपछि नकारात्मक प्रभाव पार्ने गरेकाे शास्त्रमा उल्लेख गरिएकाे छ । श्रीमान् श्रीमतीमा हुने नकारात्मक सम स्याको मुख्य कारण भनेकै मंगलग्रह द्वारा बन्ने मांगलिक याेगले गर्दा नै हाे । पारिवारिक कलह, एक अर्काेमा मनमु टाव हुनु अलग अलग गरिकाबाट दुवै जना छुट्टाछुट्टै वस्नु लगाएतका समस्या शुक्रबार परिवर्तन हुनलागेको मंगल ग्रहकै कारणबाट हुने छ ।

मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने- जन्मिएको समयमा मंगल ग्रहकाे अवस्था राम्राे भएका हरुलाई यसकाे प्रभाव कम पर्ने छ । यस्ताे समयमा बृहस्पति ग्रहपनि वक्री भएकाले सम्बन्ध बिच्छेदकाे घटनामा निक्कै वृद्धि हुने र कानुनी प्रकृया पूरा गरेर स्वतन्त्र जीवन बिताउने मानिसहरु धेरै हुने मंगल तथा बृहस्पति ग्रहका कारणबाट हुने उल्लेख गरिएको छ । यसकाे प्रभाव १२ राशिमा पनि फरक फरक तरिकाबाट पर्ने हुदा विशेषगरी वृष,सिंह,धनु तथा मकर राशिका जातक हरुलाई यसले विशेष फाईदा पुर्याउने छ लक्ष्यलाई पूरा गर्ने अवसर पनि यहीँ समयमा हुने छ ।

मेष,कर्कट,तुला तथा मीन राशिका मानिसले निक्कै मेहनत पछि मात्रै कार्य पुराहुने याेग देखिएकाले हनुमानकाे पुजा तथा हनुमान चालिसा पाठ गरेमा केही सहजीकरण हुने छ । कार्यमा बल बुद्धिकाे तालमेल मिल्ने छ । मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ ।

चाेटपटकाे याेग तथा धनमाल चाेरीहुने सम्भावना उच्च रहने छ । लामाे यात्रामा निस्किदा गणेश सं कट माेचन स्त्राेत्रकाे पाठ गराएमा शुभफलमा वृद्धि हुने छ । प्रसर तथा सुगरका राेगिहरुका लागि याे समय निक्कै कष्टकर रहने हुदा ग्रह शान्ति गराउनु भयाेभने फाईदा तथा शुभफल मिल्ने उल्लख गरिएको छ ।

प्रतिकृया दिनुहोस्