Friday, September 25

सुशान्तको सम्झनामा आफ्नो सपना नै तोडेर बलिउडलाई बाइ बाइ गरिन् अभिनेत्री सन्जना संघीले

July 2, 2020 177

एजेन्सी । बलिउड यतिबेला लोकप्रिय नायक सुशान्त सिंह राजपुतको निधनले धेरै दुखी बनाएको छ । ३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका बेला एक्कासी उनको निधनको खबरले स्तब्ध मात्रै बनाएर उनका केही युवा फ्यानहरुले त उनकै बाटो समेत रोज्न पुगेका छन् ।

मृत्युअघि आफ्नो नाम नै गुगलमा सर्च गरेर प्राण त्यागेका यि लोकप्रिय नायकले आफ्ना कैयौँ यस्त कलाकार फ्यान बनाउन समेत सफल भए जसले उनको अभावमा बलिउडलाई नै बाईबाई भनेकी छिन् । बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीले आँफुले सुशान्तलाई एकदमै मिस गरेको उल्लेख गरेकी छिन् ।

सुशान्तको निधनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएको समाचारमा जनाइएको छ । आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने गरी गएको समेत उल्लेख गरेकी छिन् । दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिचको कुनै समस्या थियोकी भने प्रहरीले उनीसँग पनि सोधपुछ गरेको र उनले त्यस्तो केहि नभएको बताएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्