Tuesday, September 29

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमित

July 2, 2020 57

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमितकाठमाडोंको ठमेलमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । ठमेलको एक होटलमा बस्ने तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा १२ जनामा पुष्टि भएको उल्लेख थियो ।

पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौंको ठमेलस्थित सिटी होटलमा बस्ने वर्ष २०, ३० र ४० वर्षीय तीन महिलामा कोरोना संक्रमण पुष्टी भएको श्रोतले जानकारी दिएको छ।उनीहरु असार ६ गते कुबेतबाट नेपाल आएका थिए । पाटन हस्पिटलको कोभिड वार्डमा भर्ना भएको पाटन हस्पिटल स्रोतले बताएको छ ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत अस्पताल श्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्