Sunday, September 27

ललितपुरका ७ जनामा कोरोना पुष्टि, २ जनाको विवरण आउन बाँकी

July 1, 2020 82

काठमाडौं, १७ असार । पछिल्लो समय ललितपुरमा पनि कोरोना संक्रमितहरुको बढिरेको छ । बुधबार ललितपुरमा २ जना स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार चापागाउँका ६६ वर्षीय पुरुष, ललितपुर महानगरपालिका–८ लुुभुकी २३ वर्षीया महिला, वडा नम्बर १५ सातदोबाटोकी ३४ वर्षीया महिला, वडा नम्बर १४ नख्खीपोटकी ३३ वर्षीया महिला र वडा नम्बर २३ हात्तीबनकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये २ जना स्वास्थ्यकर्मी रहेका जानकारी गराइएको छ । त्यस्तै, अन्य दुई जना संक्रमितहरुको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्