Wednesday, September 23

रूसी राष्ट्रपति पुटिन कोरोनाको महामारीको बीचमा माक्स बिना नै भोट हाल्न पुगे

July 1, 2020 171

एजेन्सी, १७ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकपटक फेरि कोभिड१९ को महामारीको बीचमा माक्स र अन्य सुरक्षा उपायहरू बिना नै देखा परेका छन्।
सरकारी च्यानलमा पुटिनले संवैधानिक संशोधनका लागि मतदान गरेका छन् । उनी २०२४ पछि पनि सत्तामा रहने भन्ने सुनिश्चित भएको छ । उनको वर्तमान अवधि २०२४ मा अन्त्य हुनेछ।

हलमा रहेका अन्य मानिसहरूले अनुहारमा मास्क, पन्जा लगाएका छन् । तर पुटिनले भने कोरोना बाट बच्नका लागि लागु गरिएको सुरक्षा उपायहरू नपनाएको देखिन्छ। उनले नियमको उल्लंघन गरेका छन् ।

यो भन्दा अगाडि पनि पुटिन नियम उल्लंघन गर्ने लिस्टमा परेका थिए ।

प्रतिकृया दिनुहोस्