Tuesday, October 20

अत्यन्तै दु:खद खबर : भर्खरै कोरोनाको कारण दक्षिण अफ्रिकामा नवजात शिशुको मृ’त्यु ! RIP !!!!

July 1, 2020 270

संसारभर कोरोनाको संक्रमण बढ्दो क्रममा छ | अहिल्ये सम्म मात्रै कोरोना संक्रमितको संख्या संसारभर बढेर ५१ लाख ८९ हजार पुगिसकेको छन् |

कोरोना संक्रमणको कारण जीवन गुमाउनेको संख्या पनि त्यस्तै बढ्दो क्रममा छ | अहिल्ये संसारभर ३ लाख ३४ हजार कोरोना रोगिहरुले आफ्नो जीवन गुमाईसकेका छन् | येस्बेला संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा धेरै छ | अमेरिकामा हालसम्म ९६ हजार ३ सय ५४ जनाको मृत्यु भईसकेको छ |

खबर अनुसार दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण एक दिने नवजात शिशुको पनि मृत्यु भएको छ । उनलाई अहिल्येसम्मकै कोरोनाबाट जीवन गुमाउने कान्छा व्यक्तिको रुपमा मानिएको छ |

कोरोनाको संक्रमण नेपालमा भने ४५७ पुगेको छ | जसमध्ये ३ जनाले आफ्नो जीवन गुमाईसकेका छन् भने ४९ जना पूर्ण रुपमा निको भएर घर फर्की सकेका छन् |

>डाक्टर पाण्डे भन्छन्–यी मन्त्र लागु गर्न सके स्वस्थ र मस्त भइन्छ, कोरोनको डर हुँदैन

काठमाडाैं । कोरोना संक्रमण इपिडेमिक, इन्डेमिक, पेन्डेमिक, इन्फोडेमिक हुँदै अहिले साइकोडेमिक भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मनोसामाजिक असरहरु देखा परेका छन् । कोरोना संक्रमण अल्पकालीन हुन्छ भने मनोसामाजिक असर दीर्घकालीन हुनसक्छ । तसर्थ हामीले आहारविहार, आचार, व्यवहार र सोंचमा समयानुकुल बदल्नु जरुरी छ । आफ्नो जीवनमा यी मन्त्र लागु गर्नुभयो भने तपाइँ स्वस्थ र मस्त हुनुहुनेछ |

– आफुलाई शंका नगर्नुहोस् । शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो हुने तर नाप्दा ज्वरो नदेखिने, घांटी खसखस भएजस्तो लाग्ने, रिंगटा लागेको भान हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, मन खुसी नहुने, जोशजाँगर नहुने, छाती पोल्ने, खुट्टा पोल्ने लगायतका शारीरिक लक्षण देखिन्छन् । जसले गर्दा मलाइ कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्दछ । आफुमाथि विश्वास गर्नुहोस् । आफ्नो इम्युनिटी पावरमाथि विश्वास गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्