Tuesday, September 29

सुनको भाउमा फेरिआयो नसोचेको नयाँ रेकर्ड

July 1, 2020 196

काठमाडाैं, १७ असार । सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजाबी सुन भने प्रतिताेला ९१ हजार २६५ रुपैयाँ पुगेको छ । यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च हो ।

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे । हिजाे मंगलबार भने एक सय रुपैयाँ घटेर ९१ हजार दुई सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाे अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको हाे ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्