Wednesday, September 30

ब्रेकिङ्ग>>काठमाडौंमा कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

June 29, 2020 318

काठमाडौं, १५ असार । सोमवार थप ४ सय ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ। २४ घण्टामा विभिन्न ठाँउमा गरिएको पीसीआर परीक्षणमा ४ सय ७६ लाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सचेत हुन आग्रह गरेका छन्। सरकारले लकडाउन केही खुकुलो बनाएसंगै काठमाडौं लगायत उपत्यकामा अहिले सर्वसाधारणको चहल पहल बढेको छ । यसले कोरोनाको जोखिम बढ्ने भन्दै सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।

आवश्यक बाहेक घर वाहिर ननिस्कन र निस्कन परेपनि स्वास्थ्य सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । लकडाउन खुकुलो भएसंगै अन्य जिल्लावाट काठमाडौं भित्रनेको संख्या पनि बढेको छ । मन्त्रालयले बाहिरि जिल्लावाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
सोमवार सम्म देशभर संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ भने निधन हुने संख्या २९ पुगेको छ।

मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण निधन हुने २९ औं संक्रमित हुन् । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार निधन भएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा। गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या २९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्