Wednesday, September 30

लकडाउनमा गर्भवती तथा सुत्केरीका लागि यसरी दिइरहेका छौं परामर्श सेवा

May 11, 2020 150

डा लक्ष्मी तामाङ

विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई नर्स तथा मिडवाइफको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो।

विश्वलाई आतंकित बनाएको कोरोना भाइरस महामारीको बिजारोपण सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा भएको समाचार विश्वका प्रमुख सञ्चार माध्यमहरुमा सम्प्रेषण हुँदा मानिसले खासै गम्भीर रुपमा लिएको देखिएन।

विश्वका शक्तिशाली मुलुकले समेत ‘चीनमा संक्रमण भएको त हो नि हामीकहाँ त कोरोना भाइरसले आतंक नमच्चाउला’ भनेर बेवास्ता गरेको अवस्था थियो। कोरोना भाइरस हाम्रोमा आइपुग्दैन, हामीलाई केही पनि हुँदैन भन्ने प्रकारको मानसिकता र व्यवहार रहेको देखियो।

जब विश्व स्वास्थ्य संगठनले चीन बाहिर कोरोनाको संक्रमण १३ गुणाले बढेको र १ लाख १० हजारभन्दा बढी मानिस कोरोना संक्रमित भई करिब ४ हजार मानिसको मृत्यु भएको भन्दै गत फागुन २३ गते कोरोना भाइरस पैmलिएको महामारी घोषणा ग¥यो तब मात्र विश्व नै आतंकित भयो।

संगठनले कोरोना महामारी घोषणा गरे तापनि हाम्रो देशको सरकार भने अझै पनि सुरक्षित नै छौँ भन्ने मानसिकताबाट अघि बढेको थियो।

सरकारले कुनै पनि पूर्व तयारी बिना अकस्मात् चैत ११ देखि देशव्यापी लकडाउनको घोषणा ग¥यो। यसरी अकस्मात् गरिएको लकडाउनले आम जनमानसमा सन्त्रास छायो।

ल्कडाउनले कतिपय नियमित तथा अत्यावश्यक सेवामा प्रत्यक्ष प्रभाव पर्‍यो। जस अन्तर्गत स्वास्थ्य जस्तो अति नै संवेदनशील सेवा अन्र्तगतको आकस्मिक तथा नियमित सेवाहरु जस्तै खोप सेवा, गर्भवती तथा सुत्केरी जाँच सेवाको साथै प्रसवमा रहेका महिलाहरु प्रसूति सेवा सहज रुपमा लिनबाट प्रभावित हुने देखियो।

किनकी यी सेवाहरु नियमित रुपमा कसरी सूचारु रुपमा सञ्चालन गर्ने भनी कुनै पूर्वतयारी नगरिएकोले गर्दा सम्पूर्ण सेवाहरु अकस्मात रुपमा प्रभावित भए।

गर्भावस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता कम हुने भएकोले कोरोना संक्रमणको जोखिममा गर्भवतीहरु बढी हुन्छन्। साथै लकडाउनको बेला यातायातका साधन र एम्बुलेन्स भन्ने बित्तिकै नपाइने भएकोले गर्भवतीलाई समयमै अस्पताल पु¥याउन नसकिने समस्या निम्त्यायो।

यस परिस्थितिलाई मध्यनजर गरी तत्काल मिडवाइफ्री सोसाइटी अफ नेपालले आफ्नो युवा मिडवाइफ समितिमार्पmत चैत १३ गतेदेखि नै नेपालको यसै वर्ष प्रथम ब्याच उत्पादित व्यावसायिक मिडवाइफहरु परिचालन गरी मोबाइलबाट अनलाइन गर्भवती तथा सुत्केरी महिलालाई परामर्श सेवा सञ्चालन गर्न थाल्यो।

हामी मिडवाइफहरु गर्भवतीको साथ र सहयोगमा आपतकालीन अवस्थामा अग्रसर हुनुपर्छ भन्ने सोचबाट प्रेरित हुन्छौँ। त्यसैले तीन जना युवा मिडवाइफहरु (प्रशंसा बुढा लामा, रुकमणि त्रिपाठी र सबिता खड्का) ले स्वफूर्त रुपमा घरमै लकडाउनको समयमा रहेर २४सै घण्टा अनलाइन परामर्श दिइरहेका छन्।

पूर्वमा झापादेखि सुदूरपश्चिममा कञ्चनपुरसम्मका गर्भवती, प्रसव तथा सुत्केरी महिलाले टेलिफोनमार्पmत उल्लेखनीय रुपमा परामर्श सेवा लिँदै आउनुभएको छ।

लकडाउन चाँडै नहटाइने परिदृश्यलाई मध्यनजर गरी टोल–फ्री टेलिफोन लाइनको आवश्यकता महसुस भयो।

दूरदराजमा लकडाउनका समयमा रिचार्ज कार्ड समेत नपाइने अवस्थालाई मध्यनजर गर्दै टोल फ्री टेलिफोन सञ्चालनमा ल्याई गर्भवती, प्रसव तथा सुत्केरीलाई सेवा दिने निर्णय गरियो।
सुरक्षित मातृत्व सेवासँग आबद्ध प्रमुख संस्थासँग पनि समन्वय गरी सुरक्षित मातृत्व सेवालाई निरन्तरता दिने निर्णय गरिएको छ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा निःशुल्क रुपमा टोल फ्री नम्बर १६६००१०००४६ सञ्चालनमा ल्याइएको छ।

यसका लागि नेपाल टेलिकम, प्रसूति गृहनिर्देशक र आमाको माया नामक संस्था र प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकको संघ (नेसोग) सँग सहकार्य गरी वैशाख १४ गते टोल फ्री टेलिफोन सेवाको सुरुवात गरिएको छ।

सेवाग्राही महिलाको कुनै पनि प्रश्न वा जिज्ञासा भएमा निसंकोच डाइल गरी परामर्श लिनसक्ने स्थायी रुपमा व्यवस्था गराउन सफल भयौं।

यसरी बिना पूर्वयोजना आपतकालीन अवस्थामा टोल फ्री कल सेवाको व्यवस्था गर्दा अस्पताललाई आर्थिक भार पर्ने भएकोले अन्य विकल्पको खोजी गरिएको थियो।

सरकारी निकायका साथै सुरक्षित मातृत्वका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासँगको छलफलमा सहयोगी हातहरु पनि फैलिए।

टोल फ्री कल स्थापनाको लागि मिडवाइफ्री सोसाइटी अफ नेपालले नै टेलिकममा लाग्ने आवश्यक दस्तुरसहित सेवा स्थापनाको लागि पहल गरेको थियो भने वियोन्ड बेजिङ्ग कमिटी नेपालले आगामी सेप्टेम्बर महिनासम्मको नेपाल टेलिकमलाई मासिक रुपमा बुझाउनुपर्ने शुल्क दस्तुरको आवश्यक व्यवस्था मिलाइदिने प्रतिवद्धता व्यक्त गर्‍यो।

टोल फ्री कल सेवाका अतिरिक्त तीन युवा मिडवाइफद्वारा मिडवाइफ्री नेपाल, नेपाल फाइट फर कोरोना–हेल्प फेसबुक गु्रपमा तथा आमाको माया मोबाइल एप डाउनलोड गरी त्यहाँ उपलब्ध गर्भवतीको समस्या र आवश्यकता पहिचान फारम भरी उनीहरुको विवरण संकलन गरी फोन सम्पर्कमार्फत परार्मश दिने कार्य समेत गर्दै आइरहेका छन्।

देशभरिबाट जम्मा १५० जना महिलाले उक्त फारम भरेका छन्। कतिपय महिलालाई एम्बुलेन्सको आवश्यकता पर्ने भएकाले विभिन्न सहयोगी संस्थासँग समन्वय गरिएको छ।

कतिपयलाई यातायातको व्यवस्था गरी अस्पतालसम्म ल्याइदिने र बासस्थानसम्म पुर्‍याउने कार्यहरु समेत गर्दै आइरहेका छन्। साथै आमाको माया एपमार्पmत गर्भवती महिलाले आफ्नो गर्भावस्था र गर्भमा रहेको भ्रुण र शिशुको हप्तैपिच्छे सामान्य रुपमा हुने क्रमिक वृद्धि विकास लगायत गर्भावस्थाको खतराको चिह्नहरुको बारेमा समेत जानकारी लिन सक्नेछन्।

यही वैशाख २० गतेसम्मको तथ्याङ्क अनुसार जम्मा २१० सेवाग्राही महिलाले मिड्वाइफ अनलाइन परामर्श सेवा लिइसकेका छन।् जस अन्तर्गत प्रायः प्रथम पटक गर्भवती भएका महिलाले बढी सेवाको उपयोग गर्दै आइरहेका छन्।

सेवाग्राही महिलाको प्रमुख चासो र जिज्ञासा भनेको उनीहरुको नियमित गर्भ जाँच, गर्भावस्थामा देखिएका खतराका लक्षण र चिह्नहरु जस्तै योनीबाट रगत बगेको, गर्भको शिशुको चाल घटबढ भएको÷नचलेको, तल्लो पेट दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने, ढाड दुख्ने, पिसाब पोल्ने, हातखुट्टा झम्झमाउने तथा सुन्निने, उच्च रक्तचाप भएको साथै प्रसव व्यथाका लक्षण र कोभिड–१९ ले गर्भमा रहेका शिशुलाई पार्न सक्ने प्रभावहरु रहेका छन्।

अनलाइन टेलिफोन सेवाबाट गर्भावस्था र सुत्केरी अवस्थाको साथै प्रजनन् उमेर समूहका महिलाले लकडाउनको समयमा आफ्नो स्वास्थ्य समस्याको बारेमा समयमै सही सरसल्लाह, सुझाव र परामर्श प्राप्त गरी केही हदसम्म राहत पाएका छन्।

आगामी दिनमा पनि यस अनलाइन परामर्श सेवालाई निरन्तरता दिने लक्ष्य अनुसार भावी दिनहरुमा पनि सेवाग्राही महिलाले यस सेवाको उपयोग गर्न पाउने स्थायी व्यवस्था गरिएको छ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि मिडवाइफहरुले प्रसूति तथा प्रजनन् स्वास्थ्य सेवा क्षेत्रमा प्रदान गर्दै आइरहेको योगदानलाई कदर गर्न मे ५ तारिखका दिन विश्व अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाउने गरिन्छ।

‘मिडवाइफहरु महिलाका साथः मनाउ, प्रदर्शन गर, परिचालन गर, एकजुट हौँ–हाम्रो समय अहिले हो!’ भन्ने नाराका साथ यस वर्ष पनि कोभिड–१९ को लकडाउनको कारणले श्रव्यदृश्यका माध्यमहरु उपयोग गरी विभिन्न मिड्वाइफ्री सेवासँग प्रत्यक्ष सरोकार राख्ने निकाय र व्यवसायीहरुले मनाउने कार्यक्रम रहेको छ।

(तामाङ मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष हुन्)

प्रतिकृया दिनुहोस्