Thursday, October 29

सुशान्तले धोका दिएपनि अंकिताले कहिल्यै बिर्सिनन् त्यो परिवारलाई, सुशान्तको मृत्युपछि झनै बनिन् पिडित परिवारको सहारा

June 28, 2020 186

एजेन्सी – सुशान्त सिंह राजपुतको निधन भएको १५ दिन भइसक्दा पनि उनको परिवार अझै गहिरो सोकमा छ । सुशान्तको मृत्युको जति दिन बित्दै गए सुशान्तका बारेमा एकपछि अर्का आश्चर्यजनक कुराहरु बाहिर आइरहेका छन् ।

सुशान्तको निधनपछि सबैभन्दा बढी क्षतविक्षत बनेका उनका बाबुले भारतीय मिडियाहरुसँग कुराकानी गर्दै भने बाबुले अंकिता लोखण्डेसँग सम्बन्ध अगाडी बढाउन नसकेता पनि सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको विषयमा बोल्न भ्याए । उनले भने म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।

अंकितापछि सुशान्तको नाम कृति सनोन, रिहा चक्रावतीसँग जोडिए पनि अंकिता सुशान्तको निधनपछि पटक पटक सुशान्तका परिवारलाई शान्तवना दिन उनको घरमा पुगीन् । सोही विषयमा बाबुले रहस्य खोल्दै भने उसँग बिहेको कुरा नै अन्तिम कुरा भयो । यो वर्ष विबाह गरिदिने हाम्रो सोच थियो तर उसले अहिले बिहे नगर्ने बताएको बाबु केके सिंहले बताए ।

अंकिता भने सुशान्तसँगको ब्रेकअपपछि पनि परिवारको राम्रो सदस्य भएको भन्दै सिंहले भने अंकिताले हामीलाई र हामी अंकितालाई धेरै माया गर्छौं र गरिरहेनेछौँ ।

प्रतिकृया दिनुहोस्