Thursday, October 29

”आखिर के हुन् त”अफगानिस्तानमा आफ्ना सैनिक मार्न रूसले तालिवान लडाकुलाई इनाम दिने गरेको अमेरिकाको निष्कर्ष

June 28, 2020 166

अमेरिकी जासुसी अधिकारीहरूले अफगानिस्तानमा आफ्ना सैनिक मार्न रूसले तालिवान लडाकुलाई इनाम दिने गरेको निष्कर्ष निकालेका छन्।

न्युयोर्क टाइम्स समचारपत्रका अनुसार रूसी सेनाको खुपिया एजेन्सीले अफगानिस्तानमा तैनाथ नाटोसम्वद्ध सैनिकहरूलाई मार्न तालिवान लडाकुलाई गोप्य रूपमा इनाम दिने कार्यक्रम नै चलाएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्।

रूसले तालिवान र अमेरिकाबीच शान्ति वार्ता भइरहेका बेला पनि अमेरिकी सैनिक लक्षित आक्रमण गरे इनाम दिने कुरालाई निरन्तरता दिइरहेको उनीहरूको भनाइ छ।

केही महिनाअघि अमेरिकाले रूसी सेनाको पश्चिमलाई अस्थीर पार्न र युरोपमा विभिन्न ठाउँमा हत्यालगायत गोप्य योजनाहरू बनाउने युनिटले गत वर्ष अमेरिकी सैनिक मारेबापत् तालिवान लडाकुलाई इनाम दिएको निष्कर्ष निकालेको थियो।

इस्लामिस्ट लडाडु र अन्य हतियारधारी समूहले रूसबाट केही पैसा संकलन गरेको अमेरिकी अधिकारीको भनाइ छ। सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सैनिकको मृत्यु भएको थियो। यीमध्ये कतिलाई मारेबापत् रूसले इनाम दियो भन्ने खुलेको छैन।

जासुसी अधिकारीहरूले रूसको यो गोप्य कामबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएका थिए। गत मार्चमा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदले यो समस्याबारे अन्तरनिकाय बैठकमा छलफल गरेको थियो।

रूसको यो कदमको जवाफ कसरी दिने भन्नेबारे अमेरिकी अधिकारीहरूले मस्कोमा कूटनीतिक पहल गर्ने, रूसमाथि प्रतिबन्ध बढाउनेलगायत विकल्पहरू तयार पारेका थिए। तर अहिलेसम्म अमेरिकाले तीमध्ये कुनै पनि कदम चालेको छैन।

अमेरिका र अफगानिस्तानले यसअघि नै रूसले तालिवानहरूलाई हतियार बेचेर सघाइरहेको आरोप लगाउँदै आएका थिए। अमेरिकी र नाटो सैनिकलाई मार्न इनाम नै दिने उसको कामले अफगानिस्तानमा नाटो सैनिकमाथि हुने हमला रूसी सेनाको जासुस युनिटले डिजाइन गर्थ्यो भन्ने कुरालाई थप बल पुर्‍याउनेछ।

रूसले साइबर आक्रमण, फेक न्युज प्रचार गरेर अमेरिकाविरूद्ध एक किसिमको हाइब्रिड युद्ध चलाइरहेको छ। तालिवानसँग मिलेर अमेरिकी सैनिक नै मार्नमा पनि उसको सलंग्नता छ भने यसले उक्त युद्धलाई धेरै बढावा दिएको बुझिन्छ।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले भने अमेरिकाको त्यस्तो आरोपबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ।

राष्ट्रपति भ्लादमिर पुटिनका प्रेस सेक्रेटरी डिमित्री पेस्कोभले भनेका छन्,‘कसैले औपचारिक रूपमा यस्तो आरोप लगाए हामी जवाफ दिनेछौं।’

तालिवानका एक प्रवक्ता जाबिहुल्लाह मुजाहितले पनि आफ्ना लडाकुको रूसी सेनाको जासुसी युनिटसँग सम्बन्ध भएको कुरा अस्वीकार गरे।

‘रूसी इनाम पाउने भनेर डिल भएको कुरा आधारहीन छ। वर्षौंदेखि हामीले आक्रमण गरिरहेका छौं र हामी आफ्नै स्रोतले गर्छौं,’ उनले भने,‘अमेरिकीसँग सम्झौता भएपछि अहिले आक्रमण रोकिएको छ। अहिले उनीहरूको जीवन सुरक्षित छ। हामी उनीहरूमाथि आक्रमण गर्दैनौं।’

रूसी इनामबारे अमेरिकी अधिकारीहरूले बेलायती सरकारसँग पनि छलफल गरेको एक अधिकारीले बताए।

फाइल तस्बिर।

प्रतिकृया दिनुहोस्