Friday, October 30

”हेर्नुहोसत् यस्तो काम हाम्रो नेपालमा मात्रै देख्न पाउछ”चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा वर्षौँदेखि व्यक्तिको समूहले रजाइँ गर्दै

June 28, 2020 135

काठमाडौँ, १४ असार – पशुपति क्षेत्र भित्र पर्ने काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ । गणेशस्थान चौरसमेत भनिने करिब तीन चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ । विसं २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आएपनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ ।

पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन् । समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जनामात्र समाजको सदस्य रहन सक्ने विधान रहेको स्वीकार्नु हुन्छ । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ । पार्क व्यवस्थापन समाज नामाकरण गरिएपनि यहाँ कुनै उद्यान छैन । ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन । वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन् ।

उद्यानका नाममा संस्था खोलेर १०० वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन । तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक रु एक हजार ५०० र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक रु ९०० भाडा लिने गरिएको पनि उहाँले बताउनुभयो । यही जग्गाको व्यवस्थापनका लागि खुलेको संस्थासँग कति जग्गा छ भन्ने समेत जानकारी छैन । अध्यक्ष श्रेष्ठ आफू दुई वर्ष अघिमात्र निर्वाचित भएकाले खोजी गर्नुपर्ने बताउनुहुन्छ । केही दिनमा जग्गाको वास्तविक क्षेत्रफल खोजी गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिएपनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन् ।

मासिक रु ४८ हजार फोहर व्यवस्थापन गरेवापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको समाजले बताए पनि कम्पनीको सम्पर्क नं. दिन भने यसका पदाधिकारीले अस्वीकार गरेका छन् । समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ । आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गर्नुभयो । पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौँ महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गथ्र्यो । हाल भने वडा कार्यालय दिन बन्द भएको छ । वडा कार्यालयलाई यहाँबाट उठेको रकम दिँदा दुई भाग थपेर विकास निर्माणको काम गर्नुपर्ने गरी पहिले सम्झौता भएको जनाइएको छ ।

भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हाल महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष बन्नुभएको जनाइएको छ । हालसम्म वडा अध्यक्ष डङ्गोलले नै सबैभन्दा बढी अध्यक्षको कार्यकाल पूरा गर्नुभएको समाजले जनाएको छ । स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि विसं २०५४ मा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताउनुहुन्छ । आफूले त्यस बेला वडा सदस्यका रुपमा सक्रिय रुपमा काम गरेको उहाँले सुनाउनुभयो । कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले सुनाउनुभयो । कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताउनुहुन्छ ।

चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । घाउ, खटिरा आएका मानिसले यहाँ आई पूजा आराधना एवं दर्शन गरेमा त्यस्ता रोग ठिक हुने धार्मिक विश्वास छ । उमेर पुग्दा पनि बोली नफुटेका बच्चालाई समेत यहाँ ल्याई दर्शन गराइन्छ । गणेशलाई विघ्न विनाशकका रुपमा समेत पूजिने भएकाले पनि धेरै भक्तजनको भीड लाग्ने गरेको हो ।

भूकम्पले क्षतिग्रस्त मन्दिरको हाल पुनःनिर्माण भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि चैत ११ गतेदेखि मन्दिर क्षेत्र दर्शनार्थीका लागि बन्द गरिएको छ । नित्य पूजा भने भइरहेको जनाइएको छ ।(रासस)

 

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १४ गते आइतबार इश्वी सन २०२० जुन २८ तारीख आषाढ शुक्लपक्ष नवमी तिथी उत्तरफाल्गुनी नक्षत्र पश्चात हस्ता नक्षत्र वरीयान्र योग भद्रा करण चन्द्रंमा कन्या राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमी व्रत गोरखकाली पूजा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

प्रतिकृया दिनुहोस्