Thursday, October 29

अमेरिकामा एकै दिन हालसम्मकै बढी ४७ हजार संक्रमित थपिए, तर घट्दाे छ मृत्यु संख्या

June 27, 2020 177

काठमाडाैँ, १३ असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ शुक्रबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शनिबार बिहानसम्म कुल संक्रमित संख्या २५ लाख ५२ हजार नाघेकाे छ । शुक्रबार एकै दिन मात्र त्यहाँ ४७ हजार ३४१ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा याे नै हालसम्मकै बढी दैनिक संक्रमणकाे केस रहेकाे बताइएकाे छ ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अझ सक्रिय उमेर युवाहरूमा संक्रमण बढी फैलिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।

हाल अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या कम हुँदै गएकाे छ । त्यहाँ हालसम्म १ लाख २७ हजार ६४० जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । शुक्रबार त्यहाँ काेराेनाबाट ६६३ काे ज्यान गएकाे छ, बिहीबार पनि ६४९ जनाकाे मृत्यु भएकाे थियाे । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ ।

तर अहिले अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म १० लाख ६८ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बिहीबार) त्यहाँ १६ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १३ लाख ५६ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

ब्राजिल

उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । शुक्रबार र बिहीबार त्यहाँ पनि दैनिक संक्रमित संख्या अमेरिकाकै हाराहारी फेला परेका छन् ।

ब्राजिलमा बिहीबार एकै दिन ४० हजार ६७३ जनामा संक्रमण पुष्टि भएकाे थियाे भने शुक्रबार ४६ हजार ९०७ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार १८० जनाकाे मृत्यु भएकाे थियाे भने शुक्रबार पनि १ हजार ५५ जनाकाे ज्यान गएकाे छ ।

अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ५६ हजार १०९ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यहाँ निकाे हुने दर पनि बढी छ । ब्राजिलमा हाल काेराेना संक्रमित कुल संख्या १२ लाख ८० हजार नाघेकाे छ भने निकाे हुनेकाे संख्या ६ लाख ९७ हजार नाघेकाे छ । हाल त्यहाँ ५ लाख २६ हजार मानिस संक्रमित अवस्थामै छन् ।

प्रतिकृया दिनुहोस्