Sunday, September 27

नया सूचना जारी कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन गर्ने तयारी

June 27, 2020 178

काठमाडौं, असार १२ । कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।

कार्यविधि जारी भएसँगै २०७६ सालमा एसइई दिन सहभागिता जनाएका ४ लाख ८२ हजार विद्यार्थीको मूल्याँकको बाटो सहज भएको छ। बोर्डले मंगलबार पास गरेको कार्यविधि अनुसार एसइईको मूल्याँकनको जिम्मेवारी स्कुललाई दिएको छ।कार्यविधिको परिच्छेद दुईको ब्यवस्थामा विद्यालयद्धारा गरिएको अन्तिम मूल्यांकन विवरणको अभिलेख अनुसार विववरण प्रमाणित गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापकको अध्यक्षतामा एक मूल्यांकन समिति गठन गर्नु पर्ने छ।विद्यार्थीको निर्णायक मूल्याँकन गर्दा समितिले स्कुलहरुले संचालन गरेको पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षाको मूल्याँकनको अंकभारलाई जोडेर मूल्याँकन विवरण तयार पर्नु पर्ने ब्यवस्था गरिएको छ।

स्कुलहरुले पहिलो त्रैमासिक परीक्षा अवधिभरमा पठनपाठन भएका विषय बस्तुबाट कुल पुर्णाकको १० प्रतिशत ९सैद्धान्तिक र प्रयोगात्मक०अंकभार , दोस्रो त्रैमासिक परीक्षाको ३०प्रतिशत र शैक्षिक सत्रको अन्तसम्ममा पठनपाठनकालागि निर्धारित सम्पुर्ण विषय बस्तुबाट ६० प्रतिशत अंक भार जोेड्नु पर्ने ब्यवस्था कार्यविधिको अनुसूची १ ले गरेको छ। मूल्याँकन समितिले तीनवटै परीक्षाको कूल प्राप्तांक जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गर्नु पर्ने ब्यवस्था गरिएको छ।

कार्यविधि बुधबारदेखि कार्यन्वयनकोलागि सबै जिल्ला विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए। प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक सदस्य र सम्बन्धित माध्यमिक तहका सबै भन्दा जेष्ठ शिक्षक गरी तीन सदस्य मूल्याँकन समितिले सैद्धान्तिक मूल्यांकन गर्दा माध्यमिक शिक्षा पाठ्यक्रम अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिलो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्याँकनको प्राप्तांंक दिनु ब्यवस्था गरिएको आजको नागरिक दैनिकमा खवर छ ।

 

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १३ गते शनिबार इश्वी सन २०२० जुन २७ तारीख आषाढ शुक्लपक्ष सप्तमी तिथी पूर्वफाल्गुनी नक्षत्र १०ः३४बजे सम्म पश्चात उत्तरफाल्गुनी नक्षत्र व्यतीपात योग गर करण चन्द्रंमा सिहं राशिमा आनन्दादि योगमा लुम्ब योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु देवपाटनमा गङ्गामाई रथयात्रा सूर्य पूजा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शारिरीक आलस्यताको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आय मुलक कार्यको थालनि हुनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

प्रतिकृया दिनुहोस्