Tuesday, September 29

राष्ट्रिय वाणिज्य बैंकको एटीएम फोरियो, टिचिङ अस्पताल नजिकैको एटीएम बुथ फोरेर चोरले मच्चायो हंगामा

June 26, 2020 143

काठमाडौँ । राजधाानीमा मध्यरातमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम फोरिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार बिहिबार राती काठमाडौँको टिचिङ अस्पताल नजिकै राष्ट्रिय वाणिज्य बैंकको एटीएम फोरिएको हो ।

महानगरीय प्रहरी कार्यालय टेकुका डीएसपी तथा प्रवक्ता राजकुमार केसीका अनुसार चोरले मेसिनमा तोडफोड गरेको भएता पनि पैसा लैजान भने असफल भएको छ ।

प्रहरीका अनुसार चोर पेसेवर नभई विधि सम्बन्धि ज्ञान नभएको र एटीएम फोर्ने वित्तीकै खुरुखुरु पैसा आउँछ भन्ने बुझाइ भएको मान्छे हुनसक्छन् ।

महानगरीय प्रहरी कार्यालय टेकुका डीएसपी तथा प्रवक्ता केसीले भने उसलाई प्रविधि सम्बन्धि ज्ञान नभएको र एटीएम फोर्ने वित्तीकै खुरुखुरु पैसा आउँछ भन्ने बुझाइ भएको मान्छे हुनुपर्छ । प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्