Wednesday, September 30

रोचक खबर अमेरिकामा २ करोड बढी काेराेना संक्रमित हुनसक्ने प्रक्षेपण, न्यूनीकरणमा टिकटक प्रयाेग गरिने

June 26, 2020 135

एजेन्सी, १२ असार । कोरोना भाइरसले विश्वकै सबैभन्दा धेरै संख्यामा प्रभावित पारेको मुलुक अमेरिकामा २ करोडभन्दा बढी मानिस संक्रमित भएको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) वृद्ध-वृद्धाभन्दा युवा युवतीमा कोरोनाको संक्रमण अमेरिकामा धेरै रहेको हुनसक्ने भन्दै २ करोड भन्दा बढी मानिस यसबाट प्रभावित रहेको हुनसक्ने प्रक्षेपण गरेको हो ।

सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो अनुमान तथ्यपूर्ण हुने दावी गरेका छन् । उनले भने- ‘अमेरिकामा एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ, तब अन्य १० जना पनि नयाँ संक्रमित पुष्टि हुन्छन् । त्यसकारण यसबाट संक्रमित कराेडाैं हुन सक्छन् ।’

वृद्ध-वृद्धाभन्दा युवायुवतीहरू संक्रमणबाट कम सतर्क हुनाले अमेरिकाका युवाहरु कोरोनाबाट धेरै प्रभावित भएको बताइएको छ । तर युवा युवतीमा संक्रमण हुनु भनेको मृतकको संख्यामा कमी आउनु रहेकाे हुनाले यो फाइदाको विषय समेत भएको सीडीसीको ठम्याइ छ ।

अब यो नियन्त्रण तथा न्यूनीकरणका लागि युवा युवतीहरुले धेरै मात्रामा प्रयोग गर्ने सोसल मिडियाजस्तै टिकटक या त अन्य लोकप्रिय माध्यम प्रयोग गरिने सोचमा रहेको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्