Sunday, September 27

सुशान्त मृत्यपछि बोलीन् चर्चित नायिका दीपिका, आँखाभरी आँसु पार्दै सुशान्तको अप्ठ्यारो अवस्था बारे यसो भनिन्

June 26, 2020 134

मुम्बई-बलिउड अभिनेता दीपिका पादुकोणले अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि डिप्रेसनमा गएको भन्ने बारेमा आफ्नो अनुभव बाँडेकी छन् । सुशान्तको निधनपछि सामाजिक सञ्जालमा उनको तस्बिर पनि भाइरल भएको थियो ।

यही विषयलाई लिएर दीपिका एकपटक फेरि फोटोग्राफरसँग आक्रोशित भएकी हुन् । एकजना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर घाटमा लैजाँदै गरेको भिडियो सेयर गर्दै लेखेका थिए, ‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुरीविना कुनै पनि प्लेटफर्ममा पोस्ट नगर्नुहोला ।’ सौर्य दैनिकमा खबर छ ।

दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छन्, ‘ठिक छ, तर तपाईंले भिडियो बनाएर पोस्ट मात्रै गर्नुहुँदैन, यसलाई मोनिटाइज पनि गर्नुभएको होला । तर तपाईंले के यसमा उनको परिवारसँग अनुमति लिनुभयो त रु’ अभिनेत्री दीपिकाको यो भनाइलाई उनका फ्यानले समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस्