Monday, October 26

रोचक खबर ”कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम” दिने घोषणा !..पुरा पढ्नुहोस

June 26, 2020 456

मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् । सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।एउटा विचित्रको घटना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग विहे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् । छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् ।कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त- केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो- केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो- केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

उनकी छोरी कर्निता २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन् ।

काठमाडौं। लकडाउनका कारण सवारी साधन नचल्दा यातायात व्यवसायी मारमा छन् । यातायात मात्रै नभई पेट्रोल पम्प, होटल, स्पेयर पार्टस् बिक्रेता पनि थलिएका छन् । लकडाउन भएको ४५ बितिसक्दा पनि सरकारबाट अपेक्षाकृत राहत नपाएका व्यवसायीहरु हरेक दिन दौडधूपमै छन् ।

६ महिना गाडी चलाउन सकिँदैन: यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला आगामी ६ महिनासम्म लामो तथा छोटो दूरीका सबै सवारी सधान चल्न नसक्ने बताउँछन् । सामाजिक दूरी कायम गरी यात्रु बोक्न समस्या हुने भन्दै उनले तत्काल लकडाउन खुलेपनि यात्रुबहाक सवारी साधनले सर्त पालना गर्न नसक्ने बताए ।

‘हामीसँग ३० सिटे, ४० र ५० सिटे बसहरु छन्’ उनले भने, ‘यी बसहरुमा सोसियल डिस्ट्यान्स मिलाउँदा १५ जना भन्दा यात्रु अट्ने अवस्था रहँदैन । त्यसमाथि मिनिबस, टाटासुमो, माइक्रो बसले कति यात्रु बोक्ने ?’

उनले अवस्था सामान्य बन्न ६ महिना लाग्ने आफूहरुको अनुमान रहेको भन्दै ६ महिना यता यात्रु बाहक सवारी साधन निर्धक्क भएर चल्ने अवस्था नरहेको बताए ।

वर्कसप र होटल खोल्नुको अर्थ छैन: सरकारले शुक्रबारबाट वर्कसप तथा राजमार्गका होटल खोल्न दिन निर्णय गरेको छ । तर सवारी साधन नै नचलने भएपछि वर्कसप र होटल खोल्नुको अर्थ रहेको यातायात व्यवसायीहरु बताउँछन् ।

‘वर्कसप खोल्ने भनेको छ, गाडी नै नचलेपछि वर्कसपमा के लगेर बनाउने हो ?’ महासचिव सिटौलाले प्रश्न गरे, ‘बाटोका होटल खोल्न दिने भनेको छ, गाडी नै नचलेपछि होटलको व्यापार कसरी हुन्छ ?’

होटल र वर्कसप खोल्न दिएपनि गाडी नचलेसम्म व्यापार नहुने भन्दै उनले सरकारले दीर्घकालिन असर कस्तो हुन्छ भन्ने ख्याल नै नगरी निर्णय गर्नु केटाकेटीपन भएको आरोपसमेत लगाए ।

बैंकको ८ खर्ब लगानी जोखिममा: नेपालको यातायात क्षेत्रमा १० खर्ब बढीको लगानी छ । योमध्ये व्यवसायी आफैँले गरेको लगानी जम्माजम्मी २० प्रतिशत मात्रै हो । बाँकी ८ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको लगानी छ । व्यवसायीहरुले दीर्घकालिन योजना सरकारले बनाएन भने बैंकको कर्जा तिर्न नसक्ने र व्यवसायी विस्थापित हुने बताएका छन् ।

‘व्यवसायीको मनोबल बढ्ने किसिमका स्किम आएनन् भने व्यवसायीले गाडीको चाबी बैंकमा बुझाउन बाध्य हुन्छन्’ महासचिव सिटौलाले भने, ‘किस्ता तिर्न नसकेपछि अर्को उपाय त हुँदैन । यसो गर्नुपर्ने वातावरण आयो भने बैंकले ४ लाख गाडी कहाँ लगेर चलाउँछ ? बैंक नै डुब्ने खतरा हुन्छ । बैंक डुब्नु भनेको देशलाई नै ऋणको भार थपिनु हो ।’ तर यो अवधिसम्म व्यवसायीले बैंकबाट लिएको कर्जाको किस्ता र सवारीको बीमा वापतको प्रिमियम शुल्क तिरिरहेका कारण बैंक र बीमा कम्पनी नाफामा रहेको उनको भनाई छ । तर सधैँ नाफामा रहने सपना देखेर कर्जाको ब्याजदरमा छुट नदिए र सवारी साधन थन्किएको समयको बीमा शुल्क छुट नदिए स्थिती उल्टिने सिटौलाको चेतावनी छ ।

३० अर्ब क्षति: लकडाउन भएको ४५ दिनसम्म यातायात व्यवसायीले ३० अर्ब रुपैयाँ नोक्सना ब्यहोरेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५० लाखलाई रोजगारी दिएको यातायात क्षेत्रले अब लकडाउन पश्चात सोही संख्यामा जनशक्तिलाई काममा फर्काउने कल्पना गर्न नसकिने बताएको छ ।

लकडाउन पश्चात १० देखि १५ लाख मात्रै तत्काल काममा फर्किने सम्भावना रहेको र बाँकी ३५ लाख जनशक्तिले रोजगारी गुमाउने खतरा रहेको महासचिव सिटौलाको भनाई छ । यसबीचमा व्यवसायीले मात्रै नभई सरकारले समेत अर्बौ रुपैयाँ नोक्सान ब्यहोरेको छ ।

मुख्य ४ माग : यातायात व्यवसायीले विशेष प्याकेज ल्याउन माग गरेका छन् । सरकारले डेढ महिनासम्म पनि पर्याप्त छलफल नगरेको भन्दै गुनासो गरेका व्यवसायीले २ पटक लिखित रुपमै यातायात मन्त्रालयमा आफ्ना मागहरु बुझाईसकेका छन् ।

‘लगानी बचाउने उपायबारे सुरुमा छलफल हुनुपर्ने हो’ सिटौलाले भने, ‘त्यसपछि मात्रै लकडाउन खुलेपछि चलाउने उपायबारे सोच्नुपर्ने हुन्छ । तर अहिलेसम्म कुनै छलफल नै भएको छैन ।’

किस्ताको अवधि लम्ब्याउनुपर्ने, ब्याजदरमा छुट दिनुपर्ने, गाडी नचलेको अवधिको बीमा प्रिमियम तिर्नुनपर्ने व्यवस्था मिलाउनुपर्ने र करमा निश्चित समयका लागि छुट दिनुपर्ने व्यवसायीको माग छ

प्रतिकृया दिनुहोस्