Sunday, September 27

आज बाट २०० वटा पेट्रोल पम्प खुल्यो

May 11, 2020 173

२९ वैशाख, काठमाडौं । लकडाउनकारण आंशिक रुपमा सञ्चालनमा रहेका देशभरका पेट्रोल पम्प खुल्न थालेका छन् । लकडाउन खुकुलो हुँदै गएका कारण देशैभरका पम्पहरु खोल्न सुरु गरिएको नेपाल पेट्रोलियम डिलर एशोसियसनले जनाएको छ ।

शुक्रबारदेखि ढुवानी र उद्योगका गाडीहरु बाक्लो मात्रामा गुड्न थालेपछि झण्डै १५ सय पम्पहरुले नियमित सेवा सुरु गरेको नेपाल पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष लीलेन्द्र प्रसाद प्रधानले बताए । लकडाउनको ४५ दिन अवधिमा देशैभर सीमित पम्पहरु मात्रै सञ्चालन भएको उनको भनाइ छ ।
काठमाडौं उपत्याका र बनेपामा समेत गरेर दुई सय पाँच वटा पम्पहरु सञ्चालनमा आएको बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले बताए ।

‘लकडाउनका अवधिमा अनकल सेवा दिनेगरी निश्चत पम्प खुलेको थियो तर अहिले सबै पम्पले व्यापार सुरु गरेको छ’ अध्यक्ष खड्काले भने ।

यातायातका साधन बाक्लिएपछि इन्धनको ब्यापार बढ्नेमा आफूहरु आसावादी भएको उनले बताए । पम्प सञ्चालनका क्रममा अपनाइनुपर्ने कोरोना सुरक्षाका सम्बन्धमा सरकार तथा आयल निगमबाट कुनै सहयोग नपाइएको उनले गुनासो गरे ।

नेपाल आयल निगम थानकोट डिपोले शुक्रबारदेखि पेट्रोलियम पदार्थको खपत बढ्न थालेको जनाएको छ । लकडाउको समयमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएकोमा अहिले औसत दैनिक दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत हुन थालेको छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्र दैनिक ६ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुन्छ ।

प्रतिकृया दिनुहोस्