Wednesday, September 30

{यो घटनासँगै हामी सामु गम्भीर प्रश्न तेर्सिएको छ– के हाम्रो मानवता मरेकै हो त ?}१५/२० जनाको अघि नदीमा हाम फाले सानुकुमार तर उनलाई बचाँउन कोही आएनन् (भिडियोसहित)

June 26, 2020 142

आफूले चलाउँदै आएको गाडी सिप्रदी ट्रेडिङ कम्पनीले कब्जा गरेपछि रामेछाप मन्थलीका सानुकुमार कार्कीले काठमाडौं–भक्तपुरको सीमा नदी मनोहरामा हामफाले । शहरको व्यस्त ठाउँमा हेर्दाहेर्दै एकजनाको ज्यान गयो । तर कसैले उनलाई बचाउन आवश्यक ठानेनन् ।

रामेछाप मन्थली नगरपालिका ३ का ३४ वर्षीय सानुकुमार कार्कीले किस्ताबन्दीमा २ वर्ष अघि सिप्रदी ट्रेडिङ कम्पनीबाट एउटा टिपर ल्याएका थिए । शुरुमा उनले किस्ता पनि नियमित तिर्दै आएका थिए । केही समयपछि टिपरमा खराबी आएपछि भने उनलाई किस्तातिर्न असहज भएको थियो । तर पनिउ नले जसोतसो किस्तातिर्दै गए । जब लकडाउन भयो,उनले नियमित किस्ता तिर्न सकेनन् । खराबी आएर बनाउन लगेका वेला सिप्रदीले उनको टिपर नियन्त्रणमा लियो ।

लकडाउन खुकुलो भएसँगै टिपर चलाउने र सिपद्रीलाई तिनुपर्ने किस्तातिर्ने योजनासहित कम्पनीको सोरुममा गए । तर उनले टिपर फिर्ता ल्याउन पाएनन् । किस्ता नतिरेको भन्दै कम्पनीले उनको गाडी जफत गरिदियो । सानुकुमारले कम्पनीका अधिकारीहरुसँग एक महिनाभित्र सबै रकम तिर्ने, अहिलेका लागि बैंकको चेक दिने बताए तर सिप्रदीले मानेन् । टिपर फिर्ता नपाएपछि सानुकुमार विक्षिप्त भए ।

उनी राजधानीकै मनोहरा खोलामा गएर सोमवार बिहान करिब एघार बजेतिर नदीमा हामफाले । उनले हामफाल्दा नजिकै थुप्रै मान्छे थिए तर उनलाई कसैले बचाउने आवश्यकता देखेनन् । बरु उ जानीजानी हाम फालेको भनेर आपसमा कानेखुसी गरे । सयौँ मानिसको अगाडि उनी नदीमा बग्दै गए, केही तल पुग्दासम्म पनि उनी हात हल्लाउँदै थिए । तर उनलाई बचाउने कोही भएनन् ।

सानुकुमारलाई सयौं मान्छेको अघि मनोहरा खोलाले बगाउँदै लग्यो । अन्तिममा उनी बालकुमारी नजिकै मृत फेला परे । कसैले प्रयास गरेको भए उनी बाँच्न सक्थे होला ? यो घटनासँगै हामी सामु गम्भीर प्रश्न तेर्सिएको छ– के हाम्रो मानवता मरेकै हो त ?

प्रतिकृया दिनुहोस्