Thursday, September 24

अभिनेता राजेश हमालले भिडियो सन्देशमार्फत विदेशमा रहेका नेपालीलाई आफ्नै घर (नेपाल) आउन आह्वान गरेका छन् ।

June 25, 2020 140

काठमाडौं – अभिनेता राजेश हमालले भिडियो सन्देशमार्फत विदेशमा रहेका नेपालीलाई आफ्नै घर (नेपाल) आउन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै स्वदेश फर्किएका आप्रवासी कामदारको पक्षमा आवाज उठाएका छन् । उनले भिडियोमार्फत भनेका छन्, ‘यो ऐक्यबद्धताका लागि जुट्ने समय हो, आउनुस् ।’

विदेशमा रहेका नेपालीलाई यहाँका नेपालीले नमस्कार गर्दै स्वागत गर्न पनि हमालले आह्वान गरेका छन् । ‘हरेक दिन हजारौं हजार हाम्रा नेपाली दाजुभाइ दिदीबैनीहरु आफ्नो घर फर्किँदैछन्, उहाँहरुलाई न्यायो स्वागत गरौं नमस्तेका साथ,’ हमाल आग्रह गर्छन् ।

कोरोना भाइरसको महामारीसँगै विदेशमा अलपत्र रहेका नेपालीलाई आफ्नो देशमा फर्काउन सरकारले पनि पहल थालेको छ । उनले समाजले पनि सम्मानका साथ विदेशबाट आएका नेपालीलाई सम्मान गर्नुपर्ने आशयको भिडियो शेयर गरेका छन् ।

‘बाटो हेरेर पर्खेर बसेका छौं हामी यहाँ, आउनुस् अब घर पर्दैन जान यहाँ त्यहाँ,’ हमालले अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्