Thursday, December 3

दैलेखमा कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना संक्रमण

June 25, 2020 137

दैलेख : समुदाय स्तरमा फैलिन सुरु कोरोना संक्रमण दैलेखका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय तहका कर्मचारीमा समेत देखिएको छ । कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय तहका कर्मचारीमा संक्रमण देखिएको हो ।

भारतबाट फर्किएकामा मात्रै देखिएको संक्रमण पछिल्लो समय भने समुदायस्तरमै फैलिएको हो। बिहीबार दैलेखमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले उनीहरुमा संक्रमण देखिएको बताए । उनका अनुसार स्थानीय तहमा कार्यरत कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ४३ जनामा संक्रमण देखिएको हो ।

संक्रमितको संख्या ७ सय ५८ पुग्यो

रेग्मीका अनुसार बिहीबार २६ जनामा कोरोना संक्रमण देखिएको हो । दैलेखका ११ वटै स्थानीय तहमा गरी कोरोना संक्रमितको संख्या ७ सय ५८ पुगेको छ । तीमध्ये ३ सय ५२ जना डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज भएकामध्ये ३ सय ११ जनालाई पीसीआर परीक्षण नगरेरै घर पठाइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ४१ जना मात्रै दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएको फोकल पर्सन रेग्मीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको विषयमा २०७७ जेठ २२ गतेको निर्णय अनुसार ल्याएको कोरोना परीक्षण सम्बन्धि निर्देशिका (नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड–१९) अनुसार दोस्रो पटक परीक्षण नगरेरै डिस्चार्ज गरिएको हो । गत मंगलबार मात्रै सर्वोच्च अदालतले आइसोलेसन रहेका बिरामीलाई पीसीआर परीक्षण गराएर मात्र घर पठाउन आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्