Monday, September 21

रित्तै हात फर्किंदा पनि खुसी छन् कामदार -भन्छन्, ‘अब विदेश जाँदैनौं, सरकारले सहयोग गरे यहीँ केही उद्यम गर्न चाहन्छौं ।’

June 25, 2020 181

भक्तपुर — काभ्रेको धुलिखेल–१ देवीटारका सरोज तामाङ साढे तीन वर्षअघि रोजगारीका लागि कुवेत पुगे । तर, पाँच महिनामै कम्पनी बन्द भएपछि मनग्गे कमाउने उनको सपना बिथोलियो ।

‘फर्केर आउने अवस्था थिएन, ऋणको भारी बिसाउने ठाउँ छैन,’ उनले भने, ‘त्यहीँ लुकेर काम गर्ने निधो गरें ।’ गैरकानुनी रूपमै उनले झन्डै तीन वर्ष ‘स्काफोल्डिङ’ कम्पनीमा काम गरे ।

तर कोरोना संक्रमण फैलिएसँगै काम छुट्यो । कम्पनी बन्द गरियो । त्यसपछि लुकेर बसिरहन सम्भव भएन । ‘पाँच महिना कामविहीन भयौं, ५६ दिन त क्वारेन्टाइनमै बस्यौं,’ उनले भने, ‘त्यहाँ दैनिक एक छाक खाना दिन्थ्यो, बालुवामा सुत्यौं । कमाएको पैसा उतै सिद्धियो ।’

मंगलबार स्वदेश फिर्ता भई मध्यपुर थिमिस्थत ‘होल्डिङ सेन्टर’मा बसेका तामाङको अनुहारमा छुट्टै खुसी देखिन्थ्यो । ‘जे–जस्तो भए पनि आफ्नो मुलुकमा पाइला टेक्न पाइयो, विदेशमा साह्रै कष्टकर दिनहरू बिताएँ । अब त्यो दिन नरहला नि,’ उनले भने । तामाङका अनुसार उनले कतार, साउदी, कुवेत गरी विदेशमा झन्डै एक दशक बिताए । तर, जस्तो गएका थिए, उस्तै फर्किए । पैसा कमाउन सकेनन् । अब आफ्नै माटोमा खेती गरेर आमाबुबा र तीन सन्तानको पालनपोषण गर्ने रहर साँचेका छन् उनले ।

तामाङ विदेश छँदा यता उनको घरबार बिग्रियो । प्रेमविवाह गरेर ल्याएकी श्रीमती बालबच्चासमेत छाडेर हिँडिन् । भन्छन्, ‘अब सन्तान, आमाबुबा र भाइका लागि केही गर्नु छ ।’

अहिले उनी होल्डिङ सेन्टरबाट धुलिखेल पुगिसके । धुलिखेल नगरपालिकाले सञ्जीवनी माविको क्वारेन्टाइनमा राखेको छ । त्यहाँ उनले कम्तीमा दुई साता बिताउनुपर्नेछ । ‘बुबा एक घण्टा हिँडेर क्वारेन्टाइनमै भेट्न आउनुभएको थियो,’ उनले फोनमा भने, ‘परिवारका लागि केही ल्याउनसमेत पाइनँ ।’

महोत्तरी, पिपराका रामघयान यादव पनि साढे तीन वर्षअघि एक लाख रुपैयाँ खर्चिएर कुवेत पुगेका थिए । काम गर्दै गरेको स्टिल कम्पनी सातै महिनामा बन्द भइदियो । ‘हामी कामदार अलपत्र पर्‍यौं,’ उनले भने, ‘लुकेर बस्नु गैरकानुनी हो । तर त्यही नगरी विकल्प थिएन । घरमा ऋणको भारीले थिचेको थियो ।’ त्यसरी बस्दा कहिले काम पाउने, कहिले नपाइने हुन थाल्यो । खानै ठिक्क भयो ।

कोरोना फैलिएपछि उनी पनि लुकिरहन सकेनन् । झन्डै पाँच महिना कामविहीन भए । उही ५६ दिनको क्वारेन्टाइन, एक छाक खाना अनि बालुवाको सुताइ । कुवेत सरकारले गैरकानुनी कामदारलाई आममाफीको निर्णय गरेपछि उनले पनि मंगलबार स्वदेश टेक्न पाए । ‘कुवेत सरकारले प्लेन टिकट काटेर हामीलाई फिर्ता गराएको हो,’ उनले भने, ‘जति कमायौं, उतै सकेर फर्कियौं ।’

विमानस्थलबाट ‘होल्डिङ सेन्टर’सम्म आउँदा सेना, सशस्त्र र नेपाल प्रहरीको एस्कर्टिङ थियो । यहाँ व्यक्तिगत विवरण टिप्नेदेखि मोबाइलको सिम वितरण र खानासम्मको व्यवस्था राम्रो लागेको यादव बताउँछन् । उनका अनुसार होल्डिङ सेन्टरबाट घर पुग्दाको अनुभव भने सुखद छैन । भक्तपुरबाट महोत्तरी आउन बसभाडा १५ सय रुपैयाँ लिइयो । ‘भाडा तिर्ने पैसा छैन, हामी काम गर्न नपाएर रित्तै फर्किएका हौं भन्दा पनि गाडीवालाले मानेन,’ उनले भने, ‘घरबाट मगाएर तिर्नुपर्‍यो ।’

बुधबार बिहान पिपरा पुगेका यादवलाई स्थानीय तहले ‘होम क्वारेन्टाइन’ बस्नू भन्दै घर पठाएको छ । कुवेतमै गरिएको आरडीटी नेगटिभ रहेको रिपोर्ट छ उनीसँग । यादवलाई अब विदेश जाने मोह छैन । ‘सरकारले पुँजी सहयोग गरे यहीँ सानो उद्यम गर्ने विचार छ,’ उनले भने, ‘लगानी गर्न सक्ने क्षमता छैन, सहुलियतमा ऋण पाए कृषि कर्म गर्ने इच्छा छ ।’

प्रतिकृया दिनुहोस्