Sunday, September 27

भारतमा एकैदिन १६ हजार बढी काेराेना संक्रमित फेला, ४२४ जनाकाे मृत्यु

June 25, 2020 131

काठमाडाैं, ११ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा काराेनभाइरसबाट मृत्यु हुनेकाे संख्या १५ हजारनजिक पुगेकाे छ । वर्डाेमिटर्सका अनुसार बिहीबार बिहानसम्म भारतमा काेराेनाभइरसबाट मृत्यु हुनेकाे संख्या १४ हजार ९०७ पुगेकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ४ सय २४ जनाकाे मृत्यु भएकाे छ भने १७ हजार ८७० जना कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेकाे छ ।

अहिले भातरमा १ लाख ८६ हजार ३९० जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी २ लाख ७१ हजार ६८८ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्