Wednesday, December 2

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

June 24, 2020 153

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै २४ घन्टामा १ सय १४ जना डिस्‍चार्ज भएका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
जिल्लागत संक्रमित विवरण

कैलाली १०३

झापा ११

सुनसरी १

मोरङ १

सप्तरी ६

धनुषा २०

महोत्तरी १२

सर्लाही १

वैतडी ४

बाजुरा ७

डोटी ४८

कैलाली ४८

कञ्चनपुर ८६

पर्वत २

रौतहट ४४

सर्लाही २०

धादिङ २

काठमाडौं १

चितवन १

तनहुँ १

स्याङ्जा ७

नवलपरासी पूर्व ५

पाल्पा १५

भक्तपुर १

अछाम २३

गोरखा ३

कास्की ४

बागलुङ ९

कास्की ५

लमजुङ ५

पर्वत १

गुल्मी ५

कपिलवस्तु १

रुपन्देही १

बाँके ९

बर्दिया १

दाङ ७६

प्यूठान १०

जाजरकोट १

सुर्खेत १४

दैलेख ४

कालिकोट १

बाजुरा १

प्रतिकृया दिनुहोस्