Tuesday, October 20

कश्मीरमा गोर्खा सैनिकको मृत्यु : न बाबुको इच्छा पूरा भयो, न छोराको वाचा

June 24, 2020 145

बुटवल — भारतीय सीमा सुरक्षामा खटिएका गुल्मीका ३८ वर्षीय युवकले आफ्ना ९० वर्षीय बुवासँग गरेको वाचा अधुरै रहेको छ । यस पटक बिदामा आउँदा बाबुलाई पहाड लैजाने वाचा गरेका दीपक कार्कीको कश्मीरमा भारतीय सीमा रक्षामा खटिएकै बेला सोमबार बिहान पाकिस्तानी सेनाबाट भएको गोलीबारीमा मृत्यु भएको छ ।

दुई वर्षअघि आमा गुमाएका गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका दीपकका ९० वर्षीय वृद्ध बुवा शालिकरामले उनैलाई कुरिरहेका थिए ।

तराईको गर्मी खप्न नसकेपछि बाबुले फागुनमै फोन गरेर आफू पहाड (गुल्मी) जान खोजेको बताएका थिए । दीपकले चैतको अन्तिम साता दुई महिनाको छुट्टीमा आउने जानकारी दिएका थिए । तर, कोरोना महामारीले लकडाउन भएपछि उनी उतै थुनिए । त्यसले न बाबुको पुर्खौली थलो पुग्ने सपना पूरा भयो, न दीपकको बाबु भेट्ने वाचा । गुल्मीबाट दुई वर्षअघि मात्र रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बसाइँ सरेका कार्की परिवारमा बुवा, श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दीपकका दाजु कृष्ण कार्कीका अनुसार उनी दशैंमा एक महिनाको छुट्टीमा आएर फर्केका थिए । भारतीय सेनामा उनको १८ वर्ष पूरा भएको थियो । एक वर्षअघि नै पेन्सन आउने तयारी गरेका उनी सिपाहीबाट हवल्दार पदमा बढुवा भएपछि रोकिएका थिए । ‘एक वर्षअघि नै पेन्सनमा निस्कन खोजेको थियो,’ दाजु कृष्णले भने, ‘बढुवा भएपछि रोकिएको हो, यस्तो हुन लेखेको रहेछ ।’ उनी पनि भारतको मुम्बईमा काम गर्छन् । भारतबाट आएर गुल्मीकै छत्रकोटमा २४ दिनदेखि क्वारेन्टाइनमा छन् । भाइको मृत्युको खबर पाए पनि उनको स्वाब परीक्षणको रिपोर्ट नआएका कारण घर पुग्न पाएका छैनन् ।

कार्की भारतीय सेनाको ३/५ गोरखा राइफल्समा कार्यरत थिए । जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका उनलाई सोमबार बिहान गोली लागेको थियो । गम्भीर घाइते उनको उपचारकै क्रममा मृत्यु भएको भन्दै भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले परिवारलाई मृत्युको जानकारी गराएका थिए । उनको शव मंगलबार गोरखपुरमा ल्याइएको छ । शवलाई भारतीय सेनाको टुकडीले सलामी अर्पण गरेपछि गोरखपुरमै अन्त्येष्टि गर्ने जानकारी गराएपछि श्रीमती, ५ वर्षीय छोरा, ११ र ९ वर्षका दुई छोरीसहित आफन्त गोरखपुर पुगेका छन् ।

गुल्मीको खर्ज्याङका उनका छिमेकी हरिनारायण शर्माले दीपक युवा अवस्थादेखि नै निकै लगनशील र मेहनती युवा भएको बताए । ‘सारै मिलनसार र मेहनती थियो,’ उनले भने, ‘तर, अल्पायुको रहेछ, उसको मृत्युको खबरले गाउँ नै शोकमा छ ।’ उनको मृत्युको खबरसँगै उनका साथी र चिनेजानेकाले मात्रै नभई अन्यले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

भारतको सीमा सुरक्षामा खटिएका गोर्खा सैनिकको मृत्यु

The TENAA itemizing means that the thriller RMX2121 cellphone will sport a hole-punch show with the cutout positioned on the highest left nook of the display screen. On the again, the cellphone will home a number of cameras in a rectangular-shaped digicam module. What this new Realme mannequin could also be referred to as stays a thriller, however it’s rumoured that the cellphone could also be dubbed as Realme X3 Professional.
Chinese language certification website TENAA has listed photos and key particulars of a brand new Realme RMX2121 gadget. To recall, the Realme X3 was noticed on TENAA in April with the mannequin quantity RMX2142 . This makes us speculate that the brand new Realme cellphone with the mannequin quantity RMX2121 may very well be a variant of the Realme X3 vary – most likely the rumoured Realme X3 Professional. The Realme X3 Professional has been leaked on a number of events previously and has been noticed on numerous certification websites as nicely. It may very well be potential that the Realme RMX2121 will be the Realme X3 Professional; nonetheless, that is pure hypothesis from our finish. It might very nicely be a totally totally different cellphone that Realme is engaged on and hoping to launch quickly.

Anyway, the TENAA photos recommend that the Realme RMX2121 has a quad digicam setup on the again with flash assist. There is no such thing as a rear fingerprint scanner seen within the images, hinting on the presence of an in-display fingerprint sensor. The cellphone has a White shiny end on the again. The amount buttons are positioned on the left edge, whereas the ability button sits on the precise backbone. As talked about, the hole-punch cutout sits within the high left nook of the show.

Realme RMX2121
Leaked specs embrace Android software program and a 6.5-inch show. The battery is listed to be at 2,200mAh solely, however it’s seemingly a dual-cell battery comparable to what’s discovered on the Realme X2 Professional. Realme X3 Professional was additionally noticed earlier with a dual-cell battery on the TUV Rheinland website, lending extra weight to our hypothesis. Lastly, the TENAA itemizing notes that the cellphone measures 160.8×75.2×8.5mm.

प्रतिकृया दिनुहोस्