Monday, September 28

अमेरिकामा विदेशी कामदारलाई रोक सूचना प्रविधि क्षेत्रका भारतीय सबैभन्दा बढी प्रभावित

June 24, 2020 104

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारका लागि दिँदै आइएको भिसा यस वर्षको अन्त्यसम्मका लागि निलम्बन गरेका छन् । राष्ट्रपतिको पछिल्लो निर्णयले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण जागिर गुमाएकाहरूलाई राहत पुग्ने ह्वाइटहाउसले जनाएको छ ।

जसका कारण संकटपूर्ण अर्थतन्त्रलाई केही टेवा पुग्ने ट्रम्पको भनाइ छ । तर, व्यापारिक समूहहरूले भने सरकारी निर्णयको विरोध गरेका छन् ।

राष्ट्रपति ट्रम्पले निलम्बन गरेको ‘एच–१ बी’ भिसाका कारण भारतका सूचना प्रविधिसम्बन्धी कम्पनी र कामदारहरू बढी प्रभावित हुने जनाइएको छ । अमेरिकाले प्रत्येक वर्ष ८५ हजार ‘एच–१ बी’ भिसा जारी गर्दै आएको छ । तीमध्ये करिब ७० प्रतिशत भारतीय छन् ।

ट्रम्पको उक्त निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा कार्यरत कर्मचारी काम गर्ने कार्यकारीहरू प्रभावित हुने जनाइएको छ ।

‘एच–१ बी’ भिसा के हो ?

गैरआप्रवासीहरूका लागि जारी गरिने ‘एच–१ बी’ भिसावाहकले ६ वर्षसम्म अमेरिकामा काम गर्न पाउँछन् । सामान्यत: अमेरिकामा कामदार अभाव भएपछि विदेशीहरूका लागि यस्तो भिसा दिने गरिन्छ ।

‘एच–१ बी’ भिसा पाउने जुनसुकै विदेशीहरूले अमेरिकामा स्थायी बसोबासका लागि आवेदन दिन तथा सम्पत्ति खरिद गर्न पाउनेछन् ।

यो भिसाअन्तर्गत भारतीय प्रविधि कम्पनी बिप्रो, इन्फोसिस र टाटा कन्सल्टेन्सी सर्भिसेजले अमेरिकामा कामदार पठाउँदै आएका थिए । यस भिसाअन्तर्गत अमेरिकाका गुगल, फेसबुक तथा ट्वीटरले भारतका कामदार अमेरिका ल्याउने गरेका थिए ।

ट्रम्पको घोषणाले खासगरी भिसाका लागि आवेदन दिने तयारीमा रहेकाहरूलाई प्रभाव पर्ने बीबीसीले जनाएको छ । त्यस्तै, आफ्नो देश फर्केका ‘एच–१ बी’ भिसावाहक समेत यो वर्ष अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशीसमेत प्रभावित हुने जनाइएको छ । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्ड लिने तयारीमा रहेका करिब १ लाख ७० हजार विदेशी कामदार छन् ।

ट्रम्प प्रशासनले गत अप्रिलमा पहिलोपटक स्थायी बसोबास तथा ग्रिन कार्डका लागि हुने प्रक्रिया रोक्ने बताएको थियो । उक्त घोषणाको समय सोमबार सकिएको छ । तर अब यो वर्षको अन्त्यसम्म नयाँ नियम लागू हुनेछ ।

के छ प्रतिक्रिया ?

पछिल्लो कदमले प्रविधि क्षेत्रका व्यवसायी तथा कम्पनीहरूले कडा आलोचना गरेका छन् । यो निर्णयका कारण अमेरिकी अर्थतन्त्र बचाउनुको साटो थप प्रभावित हुनेछ ।

भारतमा जन्मिएका गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले सरकारको पछिल्लो निर्णयले निराश बनाएको बताएका छन् । ‘अमेरिकाको अर्थतन्त्रको सफलताका साथै सूचना प्रविधिमा विश्वकै नेतृत्वका लागि आप्रवासीले उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्,’ उनले ट्वीट गरेका छन् ।

राष्ट्रपति ट्रम्पलाई निर्णयबारे पुनर्विचार गर्न आफूहरूले आग्रह गर्ने पिचाइको भनाइ छ । निर्णयबारे भारतमा समेत कडा आलोचना गरिएको छ । भारतमा सूचना प्रविधि क्षेत्रको साझा संगठनले ‘अमेरिकी निर्णयले अमेरिकाकै अर्थतन्त्रलाई असर पुर्‍याउने जनाएको छ ।’

भारत सरकारले भने ट्रम्पको निर्णयबारे कुनै प्रतिक्रिया जनाएको छैन । भाइरसको महामारी र चीनसँग बिग्रँदै गएको सम्बन्धका कारण भारतीय अधिकारहरूले अमेरिकी निर्णयप्रति तत्काल प्रतिक्रिया नदिने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्