Wednesday, September 30

काठमाडौं प्रवेश खुकुलो बन्ने संकेत, मोफसलबाट आएकाहरु अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा

June 24, 2020 111

काठमाडौं, ९ असार । काठमाडौं आउने संख्या दिनानुदिन थपिदै जाँदा र प्रदेशसभाहरुमा समेत मोफसलका नागरिकलाई काठमाडौं प्रवेश सहज हुनुपर्ने आवाज उठेपछि सरकारले केही लचिलो बन्ने संकेत दिएको छ ।

गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यलयलाई दिएको निर्देशनले पनि काठमाडौं आउन चाहनेहरुका लागि खुकुलो बन्ने संकेत देखिएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र कोरोनाको लक्षण देखिए मात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षण गराउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।

मंगलबार स्वास्थ्य मन्त्रालयको सो व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले उपत्यकाका ३ वटै प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । तर होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन कसरी हुने भन्ने बारेमा कुनै योजना समेत नबनाइएको बताइएको छ ।

त्यस्तै, छिमेकी मुलुक भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने काठमाडौं उपत्यकामा होल्डिङ सेन्टरमा राखेर त्यहीबाट सम्बन्धित प्रदेश हुँदै जिल्लाबाट स्थानीय तहहरुको क्वारेन्टाइनमा लैजाने व्यवस्था गरिएको जानकारी गराइएको छ ।

सरकारले लकडाउन केही खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेहरुको चाप पनि हरेक दिन बढ्दो छ । जसको कारण प्रयोगशालामा कोरोना परीक्षण गराउनेहरुको संख्या पनि तीब्र रुपमा बृद्धि भएको हो ।

प्रतिकृया दिनुहोस्