Sunday, October 25

भक्तपुर जिल्लामा पहिलो पटक पीसीआर परीक्षणको स्वीकृति

June 23, 2020 146

भक्तपुर, ९ असार । भक्तपुर जिल्लामै पहिलो पटक पीसीआर परीक्षणको स्वीकृति नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले पाएको छ ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) ल्याब सञ्चालनको स्वीकृति पाएको हो ।

अस्पतालले स्वीकृति प्रदान अगावै स्थानिय जनप्रतिधि, पत्रकार र रेडक्रसका सदस्यहरु लगायत गरि करिव ८ सय १२ जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

तीन महिना सम्मको अथक प्रयास पछि पीसीआर मेसिन सञ्चालनको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

मध्यपुर थिमि नगरले दातृ संस्थासँगको समन्वयमा पीसीआर मेसिन जडान गरी आफ्नै खर्चमा कोभिड–१९ परीक्षणको सुविधा उपलब्ध गराउँदै आएको छ । अस्पतालले तीन महिना अघिदेखि ल्याब स्वीकृतिको माग गर्दै पटक–पटक अनुगमन गरिदिन आवेदन समेत दिएको थियो ।

स्वीकृति पाएसँगै अव भक्तपुरका अस्पतालहरुमा संकलन गरिएको स्वाब परीक्षणका लागि टुेकु सम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको श्रेष्ठले बताउनु भयो ।

यस अस्पतालमा परीक्षण गरिएका स्वाब नमुनाको रिपोर्ट पनि नगरपालिकाले नेगेटिभ वा पोजेटिभ कस्तो छ यसको समेत घोषणा गर्न पाउने अधिकार रहेको जानकारी दिदै सरकारले कोरोना परीक्षणका लागि अस्पतालमा भीटीएम किड्स र बजेट समेत उपलब्ध गराउने भएको बताउनु भयो ।

आफ्नो नगरका स्थानायीले मात्र नभएर देशै भरका नागरिकले पीसीआर परीक्षणका लागि अस्पतालबाट सेवा लिन सक्ने पनि उहाँले बताउनुभयो । यहाँको पीसीआर मेसिनले एकै पटकमा ९६ जना सम्मको नमूना परीक्षण गर्न सकिन्छ ।

कुनै पनि व्यक्तिलाई आफुलाई शंका लागि परीक्षण गर्न चाहनेलाई ५ हजार रुपैयाँसम्म लिएर गर्न सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको पनि बताउनु भयो ।

त्यसैगरी, अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि चारवटा भेन्टिलेटरसहितको आईसीयू शैया ६ वटा र २० शैयाको क्वारेन्टाइन कक्ष निर्माण तयारी अवस्थामा रहेको छ ।

अस्पतालमा २६ जना चिकित्सक र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीहरूको टोलीलाई २४ घण्टा सेवा दिने गरी जिम्मेवारीमा खटाएको छ ।

प्रतिकृया दिनुहोस्