Tuesday, October 20

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, को हुन् ती ?

June 23, 2020 228

काठामाडौं- नेपालमा कोभिड–१९ बाट थप थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित रुपमा गर्ने मंगलबारको मिडिया ब्रिफिङमा एक जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मृत्यु हुने व्यक्ति दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय पुरुष रहेको डा. गौतमले बताए।

ती व्यक्तिको असार ८ गते राति ९ : ३० बजे मृत्यु भएको हो।

क्षयरोग र दमको बिरामी रहेका उनी प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत रहेका थिए।

दुल्लु अस्पतालबाट असार ३ गते सुर्खेत ल्याइएका उनको सोही दिन स्वाब सङ्कलन गरिएको र भोलिपल्ट सङ्क्रमण पुष्टि भएको थियो।

यो सँगै कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या २४ पुगेको छ।

विगत २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमन्त्रालयले बताएको छ।

योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ।

प्रतिकृया दिनुहोस्