Monday, September 21

काठमाडौं- विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८७ हजार २५८ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ३०७ जनाको ज्यान गइसकेको छ ।

June 23, 2020 142

काठमाडौं- अब काठमाडौँ बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेर उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो।

स्थानीय तहमा जानका लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ।

काठमाडौँ प्रशासनले बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन गर्ने छ। औचित्यको आधारमा दिउँसो साढे २ बजेपछि पास वितरण गर्ने जनाएको छ ।

‘काठमाडाैंबाट बाहिर जिल्ला जाँदा अनिवार्यरुपमा साेही जिल्लाकाे स्थानीय तहकाे नियमानुसारकाे क्वारेन्टिनमा बस्ने ब्यहाेरा जाने ठाउँकाे स्थानीय निकायबाट प्रमाणित भएपछि मात्र सवारी पास जारी हुने’ सूचनामा उल्लेख छ।

साथै मृत्यु संस्कारमा जानेकाे हकमा भने नियमानुसार निवेदन प्राप्त हुन आएमा पास उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ।

यस्तो छ सूचना

प्रतिकृया दिनुहोस्