Sunday, September 27

अभिनेत्री सोनम कपुर एउटै ट्विटका कारण भइन ट्रोलको सिकार

June 23, 2020 132

काठमाडौ, असार ९-बलिउड नायिका सोनम कपुर एउटा ट्विटका कारण ट्रोलको सिकार भएकी छन्। धेरैले उनको आलोचना गरेका छन्।सोनम आइतबार फादर्स डेको अवसरमा गरेको ट्विटलाई लिएर ट्रोल भएकी हुन्। उनले पिता अनिल कपुरलाई समर्पित गर्दै ट्विट गरेकी थिइन्, ‘आज फादर्स डेको अवसरमा म तपाईंहरूलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु। मलाई प्रिभिलेज मिल्यो। यो कुनै अपमानको कुरा होइन। मलाई यो सबै दिनका लागि मेरा पिताले कडा मेहनत गर्नुभएको छ। यो मेरो कर्म हो कि कहाँ जन्मिएँ र कुन परिवारमा जन्मिएँ। मेरो पिताकी छोरी हुनुमा मलाई गर्व छ।’

हालै अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिजम ९नातावाद०लाई लिएर तीव्र बहस छेडिएको छ। सुशान्तको समर्थनमा रहेकाहरूले निर्माताले स्थापित कलाकारका छोराछोरीलाई काम दिने गरेकाले क्षमतावान् कलाकार छायाँमा परेको बताएका छन्। यस्तोमा सोनमको अभिव्यक्ति आएपछि ट्रोल भएकी हुन्। उनी आफूले पाएको विशेषाधिकारलाई कर्मसँग जोडेर ट्विट गरेका कारण आलोचित भएकी हुन्।

सोनमको ट्विटमा लक्ष्मी नारायणले लेखेका छन्, ‘प्रिभिजेल खराब होइन तर के तपाईंले आफ्नो प्रिभिलेजको प्रयोग संघर्ष गरिरहेका कलाकारको हितका लागि गर्नुभएको छ रु हामी यहाँ अति नै खराब चिजबारे कुरा गरिरहेका छौं। आफन्तवाद र केही धनीले पाएको प्रिभिलेजका कारण साना सहरबाट आएर मेहनत गर्ने कलाकारलाई कि त काम मिलेकै छैन वा उनीहरूबाट काम खोसिएको छ।’ स्वाति नामक ट्विटर ह्यान्डलबाट उल्लेख गरिएको छ, ‘सायद तपाईंलाई प्रिभिलेजसँगै केही विनम्रता पनि मिलेको भए हुने।’

आनिया अजिजको भनाइ छ, ‘समाजमा कायम उत्पीडन र असमानतालाई सोनमले सही स्थापित गर्न खोजेकी छन् र उनी यसलाई कर्मको नाम दिँदै छिन्। यस्तो लाग्दै छ कि सोनम यो मान्छिन्, गरिब गरिब नै हुन लायक छ र धनी अझै धनी हुँदै जानुपर्छ।’अन्न्पुर्ण पोष्टमा खबर छ ।

यस्तै मनमिनले प्रश्न गरेका छन्, ‘उसो भए तपाईंको अर्थ यो हो कि जो मानिस प्रिभिलेज्ड छैनन् या गरिब छन्, उनीहरू आफ्नो कर्मका कारण गरिब हुन् या यो कारण कि उनीहरूका पिताले कडा मेहनत गरेनन् रु तपाईंलाई सायद यो कुरा थाहा छैन कि हरेक पिता आफ्नो सन्तानको राम्रोका लागि आफ्नो क्षमताअनुसार कडा मेहनत गर्छन्।’

उता अभिषेक सिंहले व्यंग्य गर्दै लेखेका छन्, ‘मलाई यो कुरामा खुसी छ कि सोनम कपुरले यो स्वीकार गरिन् कि उनी पिताकै कारण कलाकार भएकी हुन्। सार्वजनिक रूपमा यो स्वीकार गरेकोमा सोनमलाई सम्मान गरिनुपर्छ कि उनमा कुनै प्रतिभा छैन र पिताको प्रभावका कारण फिल्म नगरीमा छिन्।’

प्रतिकृया दिनुहोस्