Tuesday, December 1

पर्यटन मन्त्री प्रमुख अथिती रहेकाे ‘जुम मिटिङ’मा[……. ]भिडियो चलेपछि…

June 22, 2020 133

काठमडौं, ०८ असार । पर्यटन बोर्डले पर्यटन क्षेत्र सञ्चालनसम्बन्धी मापदण्ड ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ कार्यक्रम सार्वजनिक गर्न बैठक सोमबार आयोजना गर्ने कार्यतालिका थियो ।

कोरोना भाइरसका महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उदेश्यले ल्याइएको कार्यक्रम हो । पूर्वतालिका अनुसार सोमबार दिउसो १ बजे कोरोनाको महामारीलाई मध्यनजर गर्दै जुम मिटिङ’ सुरु भएको थियो ।

जसका प्रमुख अथितीका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो । पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य, पर्यटन सचिव केदारबहादुर अधिकारीले पछिल्लो परिस्थितिबारे मन्तव्य दिइसकेका थिए ।

त्यसपछि बोल्ने पालो थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको थियाे। मन्त्री भट्टराईले जुम मिटिङमा बोल्न सुरु गरेको ५ मिनेट जस्तो हुँदै गर्दा जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ प्ले भयो । त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले कार्यक्रम बन्द गरेको थियो ।

करिब १ मिनेट अस्लिल भिडियो चलेको बताइएको छ । मिटिङमा २५९ जना सहभागी थिए । भिडियो हरिश नामको सहभागीबाट सेयर भएको बताइएको छ । घटनाको बारेमा छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डलाई निर्देशन दिइसकेको छ।

प्रतिकृया दिनुहोस्