Saturday, September 26

HOT NEWS सोनाक्षीको ‘अल बिदा’ ट्विटर..

June 22, 2020 138

मुम्बई : बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्विटर अकाउन्ट डिलिट गरेकी छन्। सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत उक्त जानकारी दिँदै भनेकी छन्, नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्न आफ्नो ट्विटर अकाउन्ट बन्द गरेकी हुँ।’

इन्स्टाग्रामको पोस्टमा ट्विटर पोस्टको स्क्रिनसटसमेत राखेर आफ्नो ट्विटर अकाउन्ट डिएक्टिभेट गरिरहेको सोनाक्षीले बताएकी छन्। यसका साथै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन्। उनले अगाडि लेखेकी छन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा। अलबिदा ट्विटर।’

यसअघि यसै साता फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्विटर अकाउन्ट बन्द गरेका थिए। उनका अनुसार यसले घृणा र नकारात्मकता फैलाउने जमिनजस्तो काम गर्छ।

हालै, बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरलाई अत्यधिक आरोप लगाइएको थियो। उनले आठजना बाहेक सबैलाई ट्विटरमा अनफलो गरेका छन्।

प्रतिकृया दिनुहोस्