Thursday, December 3

पहिरोेले जीप पुरिँदा दुई जनाको मृत्यु, एक युवकको अवस्था गम्भीर

June 21, 2020 184

धुर्कोट गाउँपालिका–३ हाडहाडेमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

एक जनाको अवस्था गम्भीर रहेको छ । अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको देउराली यातायातको ग १ ज ३९९७ नम्बरको जिप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरिएको हो ।

६ जना सवार जिप पहिरोले पुरिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक पकंज चुडालीले जानकारी दिए ।

मृत्यु हुनेमा धुर्कोट ३ हाडहाडे मल्ज्याङका अन्दाजी १८ वर्षका तुल्सीराम काउछा र सोही ठाउँका चालक प्रदीप पुन रहेका छन् ।

पुनको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । #imagekhabar

प्रतिकृया दिनुहोस्