Wednesday, November 25

एकाबिहानै गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३८ पुग्यो

June 20, 2020 169

पोखरा ।शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जनाए अनुसार यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । संक्रमित मध्य सबैभन्दा धेरै नवलपुरका २५ जना रहेका छन् । संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको बताइएको छ । त्यस्तै देशभर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २०७ पुरुष रहेका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेशनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्