Sunday, September 27

एमसीसी सम्झौता रोक्न मिल्दैन – परराष्ट्रमन्त्री ज्ञवाली

June 20, 2020 222

काठमाडौँ । अमेरिकी मिलेनियम कर्पोरेसन सहायता परियोजना (एमसिसी) विवादबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित निर्णयमा पुगिने बताएका छन् ।

मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै एमसीसी लागुभएमा अमेरिकी सेना आउने कुरा निराधार रहेको बताए ।

उनले प्रतिप्रश्न गर्दै भने, “बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसिसी परियोजना लागू भएको छ ?” उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरे ।

उनले उक्त सम्झौतालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने र संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताए ।

कोभिड–१९ को असरका कारण अति समस्यामा परेका नेपालीलाई क्रमशः स्वदेश ल्याउने क्रममा हालसम्म दुई हजार जना फर्किसकेको जानकारी दिँदै ज्ञवालीले नेपालको कूल जनसंख्याको झण्डै १५ प्रतिशत नेपाली विदेशमा रहेको स्थितिमा अहिलेको सामथ्र्य र स्वास्थ्यको जोखिमका दृष्टिले सबैलाई स्वदेश ल्याउन सम्भव नहुने भएकाले यस्ता मानवीय विषयलाई राजनीतिक हतियार नबनाउनसमेत आग्रह गरे ।

प्रतिकृया दिनुहोस्