Wednesday, October 21

कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

June 20, 2020 670

तिलु शर्मा । कतारको स्वास्थ्य मन्त्रालयले आज शुक्रवार कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै थप ७ जनाको मृत्यु भएको जनाएको छ । मृतकहरू ३४, ४०, ६४, ६५, ६९, ७१ र ७७ वर्ष उमेर समूहका रहेका छन् । यो सङ्ख्या आज सम्मकै उच्च सङ्ख्या हो । कतारमा करोनाका कारण मृत्यु हुनेहरूको सङ्ख्या ९३ पुगेको छ ।

थप ३८३१ जनामा परीक्षण गर्दा १ हजार २१ जनामा सङ्क्रमण देखिए सँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ४ सय ६२ पुगेको जनाएको छ l १ हजार ७ सय ६७ जना सहित कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६५ हजार ४ सय ९ पुगेको छ । ती मध्ये १ हजार १ सय ५७ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १ सय ६० जनालाई अस्पताल भर्ना गरिएको छ । थप १६ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २ सय २१ पुगेको छ । १९ हजार ९ सय ६० जनाको उपचार चलिरहेको छ ।

४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा कोरोनाका कारण क्वारेन्टाईनमा रहेका म्याग्दीका एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् । उनी सहित कोरोनाका कारण कतारमा मृत्युवरण गर्ने नेपालीको सङ्ख्या ५ पुगेको छ ।

नयाँ सङ्क्रमितहरू स्थानीय नागरिक सहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन्। कतारमा आजसम्म कुल ३ लाख १३ हजार ५ सय १ जनामा कोरोनाको परीक्षण गरिएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ l कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ l

प्रतिकृया दिनुहोस्