Saturday, December 5

काठमाडौँमा कुन कुन ठाउमा थपिए ६ जनामा काेराेना संक्रमित ? थाहा पाईराखौ

June 19, 2020 343

उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्ला काठमाडाैं भक्तपुर र ललितपुरमा काेराेना संक्रमित देखा परेका छन् । जस अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमध्ये ६ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको हो।
हालसम्म १ लाख ५५ हजार ५ सय १८ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये ७ हजार ८ सय ४८ जना कोरोना पुष्टि भएकाछन्,। २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना कोरोना निको भएर घर फर्किएका छन्। यस्तै कोरोना संक्रमित ६ हजार ६ सय ४८ जना आइसोलेसनमा रहेका छन्।

मन्त्रालयले २ लाख ४३ हजार ७५ जनाको आरडिटी परीक्षण गरेको जनाएको छ । हालसम्म १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टाइनमा रहेका छन्। स्रोत डिसी नेपाल

प्रतिकृया दिनुहोस्