Wednesday, September 30

भारतलाई चीनको चेतावनी–‘सीमामा तनाव बढे चीन, पाकिस्तान र नेपाली सेनाको दबाब झेल्नुपर्नेछ

June 18, 2020 214

गलवान उपत्यकामा भारत र चीनको झडप भएपछि चीले भारतलाई कडा चेतावनी दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सीमा क्षेत्रमा तनाव बढेमा भारतले चीनका साथै पाकिस्तानी र नेपाली सेनाको समेत दबाब झेल्नुपर्ने चेतावनी दिएको छ । ग्लोबल टाइम्सले सांकेतिक रुपमा तनाव बढेमा पाकिस्तान र नेपालले चीनको साथ दिने चेतावनी दिएको हो । सोमबार राती भएको झडपमा २० जना भारतीय सैनिक मारिएको पुष्टि भएको छ । चीनतर्फ पनि ठूलै क्षति भएको दावी गरिएको छ तर आधिकारिक जानकारी आएको छैन ।

शांघाइ एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हु झियोंगको लेखमा अगाडि लेखिएको छ ‘अहिले भारतको चीनका साथै नेपाल र पाकिस्तानसँग पनि सीमा विवाद चलिरहेको छ । पाकिस्तान र चीनको नतिकको सम्बन्ध छ । नेपाल पनि हाम्रो सहयोगी हो । दुवै देश चीनको वन बेल्ट वन रोड परियोजनाका अंग हुन् ।’ ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र मानिन्छ र यसमा प्रकाशित लेखहरुलाई चीन सरकारको आधिकारिक दृष्टिकोणका रुपमा लिइन्छ ।

झियोंगले अगाडि लेखेका छन् ‘यदि भारतले सीमामा तनाव बढाएमा उसले तीन मोर्चामा सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति क्षमता छैन कि उसले यो दबाबलाई झेल्न सकोस् । यसले भारतको गम्भीर पराजय हुन सक्छ ।’ झियोंगका अनुसार चीनले एलएसी बदल्न चाहँदेन । उनले गलवान घाटीमा भएका घटनामा भारतीय सेना जिम्मेवार भएको बताउँदै भारतीय सेनाले नै चिनियाँ सेनालाई उक्साएको आरोप लगाएका छन् । sourse : dcnepal

;

प्रतिकृया दिनुहोस्