Monday, October 26

चिनिया सेना द्वारा २० भारतीय सैनिक मारी दिएपछि परिवारमा रुवाबासी

June 17, 2020 418

सोमबार राती भारत–र चीनको सीमा क्षेत्रमा २ देशका सैनिकबीच हिंसात्मक झडप भयो । यो झडपमा दुवैतर्फका सैनिक ठूलो संख्यामा हताहत भए । भारतीय सेनाले बिहारको सारण जिल्लाका जवान सुलील कुमार ‘शहीद’ भएको खबर उनको परिवारलाई दियो । मंगलबार बेलुकी यो खबर पाएसँगै पूरै परिवार शोकाकुल बन्यो । पूरै रात शोकमा बित्यो तर, बुधबार बिहानै ‘शहीद’ भनिएका सुनिल कुमारकी पत्नीको फोन बज्यो ।

दैनिक भास्करका अनुसार फोन सुनिलकै थियो । उनले पत्नी मेनकालाई फोनमा आफू ठिक भएको र चिन्ता नगर्न भने । उनको फोनसँगै शोकमा डुबेको परिवारमा राहतको लहर फैलियो । यसअघि मंगलबार बेलुकी पनि मेनकालाई फोन आएको थियो । फोन गर्नेले मेनकालाई उनका पति शहीद भएको बताएका थिए ।

खासमा सुनिलको ठाउँमा अर्कै जवानको मृत्यु भएको थियो तर ज्यान गुमाउने अर्का जवानको नाम पनि सुनिल कुमार नै थियो । ज्यान गुमाउने जवानको नाम सुनिल कुमार राय थियो र उनका पिताको नाम सुखदेव राय थियो । संयोगले सारणका जवानको नाम पनि सुनिल कुमार राय थियो र उनका पिताको नाम पनि सुखदेव राय नै थियो । यही कारण अधिकारहिरु झुक्किएको पाइएको छ ।स्रोत : डिसी नेपाल

प्रतिकृया दिनुहोस्