Tuesday, October 20

असार ७ गते अहिलेसम्म कै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दै, यी ८ राशिलाई उच्च प्रभाव पार्ने

June 3, 2020 590

असार ७ गते अहिलेसम्म कै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दै, यी ८ राशिलाई उच्च प्रभाव पार्ने
२०७७ साल असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ । खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ । यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।

वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन । मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।

मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ । त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ । तसर्थ यी राशिहरुहरुले ग्रहण नहेर्नुहोला ।

यो कन्टेन्ट हामीले एस्ट्राेलोजी टिभीबाट ट्रान्सलेट गरेका हौै । ज्यो. सुरेश चन्द्र रिजालसँग परामर्शकाे लागि 9851061124 मा सम्पर्क गर्न सक्नुहुनेछ

बैशाख २७ गतेबाट मंगल ग्रह कुम्भ राशिमा प्रबेश गर्याे अबको ४५ दिन यी ८ राशिलाई मिल्नेछ सर्वाधिक लाभ

बैशाख २७ गतेबाट मंगलले आफ्नो घर मकरलाई छाडेर कुम्भ राशिमा प्रबेश गर्दै छ । कुम्भ राशीमा मंगल ग्रह प्रवेश गर्दा यी अन्य ८ राशीलाई फाइदा पुग्ने देखिएको छ । ज्योतिष जिवन पौडेलका अनुसार मंगल ग्रह कुम्भ राशिमा ४५ दिनसम्म बस्नेछ ।

हेराैं यो ४५ दिनको समयमा कुन राशिलाई कस्ताे लाभ मिल्छ ।

मेष राशि : मेष राशिको मालिक नै मंगल ग्रह हो र ११ स्थानमा बस्दा मेष राशि हुनेहरुलाई आर्थिक क्षेत्रमा एकदमै राम्रो हुन्छ । मनग्य रुपमा आम्दानी हुनेछ ।

वृष राशि : कर्मस्थलमा मंगल राशि आएको हुनाले वृष राशि भएकाहरुलाई पनि फाईदा हुनेछ । यो राशि हुनेहरुको कर्ममा पदोन्नतिको योग रहेको छ । सरकारी जागिर पाउने योग छ । गुमेको जागिर पाउने योग रहेको छ । भलै लकडाउनले गर्दा त्यसमा केही असर भने पुग्न सक्छ ।

सिंह राशि : सप्तम स्थानमा मंगलको प्रभाब बन्नेछ । यी राशि हुनेहरुको दाम्पत्य जीवनमा थोरै समस्या आएपनि पार्टनर सँग गरेको कामहरु सफल हुनेछन् । नयाँ काममा सफलता पाउनुहुनेछ । चौतर्फी लाभ हुनेछ ।

तुला राशि: मंगल पञ्चम स्थानमा बस्ने हुनाले सन्तान सुख मिल्नेछ । प्रेम सफल हुनेछ । बुद्धि लगाएर गर्ने कामहरुमा सफल हुनेछन् ।

बृश्चिक राशि : चौथो स्थानमा मंगलको प्रभाव हुने हुनाँले यो राशि हुने व्यक्तिहरुको भाग्य चम्किने छ । घर घडेरी जोड्ने योग छ । मन सन्तोष हुनेछ । चौपाया, तथा गाडीको व्यापार हुनेलाई मनग्य फाईदा पुग्नेछ ।

धनु राशि : तृतिय स्थानमा मंगल भएकोले आर्थिक क्षेत्रमा लाभ हुने देखिएको छ । जग्गा जमिनमा भएको समस्या मिलेर जाने छ । पारिवारिक सम्बन्ध राम्रो हुनेछ ।

मकर राशि : तृतिय स्थानमा मंगल रहेकोले जग्गाबाट फाईदा हुनेछ । बोलीमा थोरै धैर्यता अपनाउनु होला नत्र झै झगडा हुनेछ । तर पुर्खौली सम्पतिको आयआर्जनमा राम्रो हुनेछ ।

कुम्भ राशि : मंगल ग्रह कुम्भ राशिमा प्रवेश गर्ने हुदाँ यो समय अत्यन्तै राम्रो छ । हल्का रिस र क्रोध बढी हुने योग छ । तर गरिएका कामहरुको प्रतिफल राम्रो आउने योग छ । सरकारी जागिरको योग छ । सरकारी जागिरमा भएकाको लागि अत्यन्तै राम्रो समय छ । यी राशि हुने व्यक्तिहरुले अहिले गरिरहेको काम नछाडिकन नितन्तरता दिएमा छिट्टै सफलता पाउने योग देखिएको छ ।

ज्योतिष सम्वन्धि परामर्श लिनको लागि उहाँलाई 9851158476 मा सम्पर्क गर्न सक्नुहुन्छ । ज्योतिष सम्वन्धि विभिन्न भिडियोहरु Astro Poudel युट्युव च्यानलमा पनि हेर्न सकिन्छ

प्रतिकृया दिनुहोस्