Sunday, September 27

आजबाट अन्ध्रशुक्र शुरु, यी ६ राशिले अत्यन्तै सावधानी अपनाउनु होला!

June 1, 2020 521

जेठ १७ गते राती बाह्र बजेर १८ मिनेट बाट शुक्र अस्त हुदैछन् । शुक्र ९ दिन सम्म अन्धो रहन्छ । यस्को प्रभाव जेठ २६ गते सकिनेछ । शुक्र भनेको हाम्रो भोकबिलासिता,मनोरञ्जन, कलाकारिता, बिज्ञानसँग सम्बन्धित ग्रह हो त्यसैले यस्लाई हामी विशेष रुपमा लिने गर्दछौं ।

यस्ले धेरै नकरात्मक असर पर्ने गर्दछ । सुर्यको डिग्रीबाट यदि ८ देखि १० डिग्रीको पर्दा शुक्र अस्त रहन्छ । सुर्यको किरणसँग शुक्रको किरण लुप्त हुने अर्थात नदिने वा हराउने हुनाले यस्लाई हामी शुक्र अस्त अथवा अन्धो भनेर भन्ने गर्दछौं ।

धृतराष्ट्र अन्धो थिए तर राजा थिए । अन्धो भएको कारणले गर्दा उनले सोचे जस्तो काम गर्न सकेन्न । हो त्यस्तै हो शुक्र अस्त भनेको । उस्ले राम्रो फल दिन सक्दैन । कतै न कतै नकरात्मक प्रभाव पर्न सक्नेछ । त्यस्तै नेपाल पञ्चांग निर्णायक समितिले शुक्रअस्त भएका वेला कुनै पनि काम्य कर्म गर्न नमिल्ने स्पष्ट पारेको छ । शास्त्रीय मतविपरीत केही व्यक्तिले शुक्रअस्त भएका वेला कुनै पनि धार्मिक कार्य गर्न नहुने उल्लेख गरेको छ ।

यी ६ ओटा राशिले अत्यन्तै सतर्क रहनुपर्ने छ । मेष राशि, वृष राशि, मिथुन राशि, तुला राशि, धनु राशि, मीन राशि

कुन राशिले के गर्नु हुन्छ के गर्नु हुदैन यो भिडियोबाट जानकारी लिनु होला ।

प्रतिकृया दिनुहोस्