Sunday, September 27

नेपाल हुँदै भारतको समुन्द्रबाट विश्वभरी नेपाली पानी जहाज, पूर्व पश्चिम विद्युतीय रेल गुड्ने

May 31, 2020 377

काठमाडौ । सरकारले पूर्व पश्चिम विद्युतीय रेल निर्माणको काम अगाडी बढाउँने भएको छ । भारतिय सीमादेखि सुनसरीको इनरुवासम्म यसै बर्ष निर्माण सकिनेगरी काम हुनेछ । यसैगरी नेपाली ठूला नदी हुँदै भारतको समुन्द्रहुँदै विश्वभरी नेपाली पानी जहाँज चलाउँनेगरी काम गर्न सरकारलेब जेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । रेलमार्गका लागि १९ अर्ब ६६ करोड बजेट विनियोजन भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४२ अर्ब विनियोजन भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको पुनर्स‌रचना गरिने भएको छ । २५० पुल निर्माण गरिने, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन भएको छ । महाकाली नदीमा मोटरेबल पुल निर्माण सम्पन्न गर्न ८८ करोड बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारसंग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने योजना छ । बानेश्वर, कोटेश्वर लगायतका सबैतिर सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड बजेट दिइएको छ । कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन भएको छ ।

काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना छ । यसका लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ ।आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउने सरकारको योजना छ ।

हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट छुट्याइएको छ । मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने । पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको छ । पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन भएको छ ।

प्रतिकृया दिनुहोस्