Tuesday, September 29

नेपाल तामाङ समाज गठन

May 27, 2020 944

  जेष्ठ १४ ,काठमाडौं

तामाङ जातिको हकहित र अधिकार सहितको पहिचानलाई स्थापित गराउने उदेश्यले जीवन तामाङको अध्यक्षतामा ९ सदस्यीय रहने गरी “नेपाल तामाङ समाज” गठन भएको छ।

हलेसी स्टुडियोमा बुधबार बसेको भेलाले बरिष्ट उपाध्यक्षमा आर.बि. लामा, उपाध्यक्षमा समिरा तामाङ, महासचिवमा मिन बहादुर तामाङ, सचिवमा बिर बहादुर वाईबा तामाङ, कोषाध्यक्षमा प्रेम लामा तामाङ, र सदस्य हरुमामा अशोक लामा सिङ्दान, रमेश मान लो लामा र माधब लामा चयन भएका छन् । त्यसै गरी संस्थाको प्रमुख संरक्षकमा कोरियाका लागि पूर्व राजदुत कमान सिंह लामा र सल्लाहकारमा बुद्ध श्री लामा रहेको जानकारी दिएका छन। यसै समितिको सम्योजक्त्वमा संस्थाको बिधान निर्माण गरी संस्था दर्ता प्रक्रियामा अगाडी बडाउने र राष्ट्रिय महादिबेशनबाट स्थायी कमिटि चयन गरेर संस्थालाई पूर्णता दिने निर्णय समेत भएको छ।
तामाङ धर्म, संस्कृति, भाषा-लिपि, एवं पहिचानलाई भावी पुस्ता सम्म हस्तान्तरण गर्ने सक्ने गरी बचाइ राख्न र आफ्नो तामाङ जातिको मौलिकतालाई संरक्षण तथा संम्बर्द्धन गर्ने मुख्य उद्देश्यका साथ समाजले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले समाज गठन गरिएको जनाएको छ । तामाङ समुदायमा भैपरिआउने समस्या समाधानका लागि सहायता कोष स्थापनाका लागि समेत पहल गरिने र सबै तामाङहरुलाई सकेसम्म समेटेर लैजाने र देश तथा बिदेशमा आफ्नो संगठनहरु विस्तार गर्ने र सम्पूर्ण प्रक्रिया पूरा गरी गैरराजनीतिक,गैरनाफामूलक एक विशुद्ध सामाजिक संस्था गठन गरिएको समाजका महासचिव मिन बहादुर तामाङले बताए । साथै स्वदेश तथा विदेशमा खोलिएको संङ्घ संस्थाहरुलाई केन्द्रमा आबद्द गराउन विशेष पहल समेत गर्ने निर्णय भएको जानकारी समाजका महासचिव तामाङले संदेश मंञ्च डटकमलाई जानकारी दिनु भयो।
तामाङहरुलाई एकीकृत गरी आजीवन सदस्यता तथा साधरण सदस्य वितरण गर्दै सम्पुर्ण तामाङहरूलाई एकता गराउँदै पिछडिएको तामाङ समुदायको जीवन स्तर सुधार्न विभिन्न किसिमको शिक्षा-दिक्षा सिप मुलक तालिमहरु संचालन गराउदै स्वास्थ्य उपचार नपाएर छटपटाई रहेको पिडितहरुलाई राहत तथा औषधी उपचार खर्च समेत जुटाउन बिशेष पहल गरी संस्था अगाडि बढ्ने जनाएका छन्। हाम्रो सन्देश मंञ्च टिमबाट सम्पूर्ण नव गठित समितिका पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना!
नव गठित समितिका पदाधिकारीहरू
*संस्थाको प्रमुख संरक्षक: कमान सिंह लामा
*सल्लाहकार: बुद्ध श्री लामा

१.अध्यक्ष: जीवन तामाङ
२.बरिष्ट उपाध्यक्ष: आर.बि. लामा
३.महिला उपाध्यक्ष समिरा तामाङ
४.महासचिव: मिन बहादुर तामाङ
५.सचिव: बिर बहादुर वाईबा तामाङ
६.कोषाध्यक्ष: प्रेम लामा तामाङ
७.सदस्य: अशोक लामा सिङ्दान
८.सदस्य :रमेश मान लो लामा
९.सदस्य: माधब लामा

प्रतिकृया दिनुहोस्