Sunday, September 27

आज देशभर गर्मी अझै बढ्ने, आज यो वर्षकै उच्च तापक्रम

May 26, 2020 335

काठमाडौं । तपाईलाई गर्मी कत्तिको भइरहेको छ ? कोरोनाको महामारीकाबिचमा घरमा नै बसिरहेको बेला बत्ति गयो भने नेट चल्दैन, फ्रिज चल्दैन, फ्यान चल्दैन अनि गर्मी अझै महशुस हुन्छ ।

यसबिचमा आज देशका विभिन्न ठाउँको तापक्रम यो वर्षकै उच्च मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज नेपालको सर्वाधिक गर्मी हुने स्थानहरु नेपालगन्ज र धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस, वीरेन्द्रनगरको ३८ डिग्री सेल्सियस र भैरहवाको तापक्रम सबैभन्दा धेरै ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

त्यस्तै दाङको ३७ दशमलव ५ डिग्री सेल्सियस, र काठमाण्डौको ३२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । महाशाखाले आज दिउँसो गर्मी ह्वात्तै बढ्ने समेत पूर्वानुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्